आइतवार, असार १९, २०७९
Sunday, July 3, 2022
spot_img

कर्तव्य ज्यान मुद्वाका फरार प्रतिवादी ५ वर्षपछि पक्राउ


पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले कर्तव्य ज्यान मुद्वाका एक जना फरार प्रतिवादीलाई अदालतले फैसला सुनाएको पाँच वर्षपछि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारी अनुसार पक्राउ पर्नेमा जिल्लाको पैयुँ गाउाँपालिका–७ बस्ने का ४४ वर्षिय ख्याम बहादुर राना रहेका छन् । उनी बिरुद्ध कर्तव्य ज्यान मुद्वा शिर्षकमा मुद्वा दर्ता भई स्याङ्जा जिल्ला अदालतको २०७३ साल साउन २० गतेको फेसलाले एक वर्ष कैद सजाय ताकेको थियो । अदालतको फैसला नमानी फरार रहेका रानालाई खोजी गरिरहेकोमा विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले मिति साउन ११ गते नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका रानालाई आईतवार नै पर्वत जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट उनलाई ठेकिएको कैद सजाय भुक्तानीको लागि आईतवार नै पर्वत कारागार चलान गरिएको पनि पर्वत प्रहरीले जानकारी दिएको छ ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img