बुधबार, माघ १२, २०७८
Wednesday, January 26, 2022
spot_img

मौरीले वदलियो रिजालको जिवन

पर्वतको फलेवास लिमिठानाका लाल प्रसाद रिजालको जिवन मौरी पालन व्यवसायले एकाएक वदलिएको छ । गांउमा रोजगारको खोजीगर्दै हिड्ने यूवाहरुका लागि उनि उदाहरिणय पात्र वनेका छन् । उमेरले ३८ वर्ष पुगेका रिजाल केही वर्ष अगाडी धन कमाउन खाडीमुलक पूगे पनि भने जस्तो नभएपछि गाउमानै फर्केर व्यवसाय संचालन गरेका हुन् । पराम्पारगत खेती गरेर परिवारको खर्च चलाउन गाह्रो हुन थाले पछी आज भन्दा ५ वर्ष अगाडी उनले मौरीपालन व्यवसाय रोजेका हून्् । सामान्य तालिमको भरमा ५ वटा मौरीघार वाट सूरु भएको व्यवसाय अहिले गाउमानै उदाहरणिय व्यवसाय वनेको छ । अहिले उहासंग ५५ वटा मौरीघार रहेका छन् । गत वर्ष मात्र मौरीको मह विक्री गरेर करिव ३ लाख रुपैया आम्दानी भएको र यस वर्ष ५ लाख आम्दानी गर्ने लक्ष्य लिएको रिजालले वताउनु भयो । मौरी पालन व्यवसाय वृद्धि हुन थाले पछी उहाले रिजाल मौरी फर्म दर्ता गरि संचालनमा ल्याएको जानकारी दिनु भयो । लामो समयको मेहनत वाट मौरी र्फम संचालनमा ल्याउदा खुसी लागेको र अव छिट्ै १०० घार मौरी पुर्याउने समेत लक्ष्य लिएको व्यवसायी रिजालले वताउनुभएको छ ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img