बुधबार, माघ १२, २०७८
Wednesday, January 26, 2022
spot_img

उमेरले छेकेन व्यवसायी वन्न ६८ वर्षका भुषाल तरकारी खेतीमा रमाउदै

डिल व वि.क
१८ कार्तीक पर्वत – उमेरले ६८ वर्ष काटेका पर्वत फलेवास ३ का लक्ष्मी प्रसाद भुषाल विहानै वाट तरकारी वारीमा भेटिन्छन् विहान उठेदेखी वेलूका अवेर सम्म उनको मूख्या काम नै तरकारी वारीमा काम गर्ने र राम्रो तरकारी फलाउने रहेको छ । २०५२ सालमा खाडीमुलक पुगेर ५ वर्षको वसाईपछी गाउ फर्केर तरकारी खेती व्यवसाय संचालन गर्न लाग्दा गाउका मान्छेले लाहुरेले रहरमात्र गर्यो भनेको उनले अहिले पनि झल्झलली सम्झन्छन् ।
खाडी मुलूकमा तातो घाममा ५ वर्ष पसिना वगाएर गाँउनै केही गर्छू भनेर फर्केका भुषाल गाउलेको कुरा नसुनी आफ्नो कर्म गर्न थालका हुन् । यही माटोमा सुन फलाउने सपना लिएर उनले आज भन्दा ११ वर्ष देखी तरकारी खेती व्यवसाय संचालन गर्न थालेका हुन् । २/३ वर्ष काम सिक्न लागे पनि पछिल्लो चरणमा उनले फलेवास क्षेत्रमानै उत्कृष्ट किसानको रुपमा नाम कमाउन थालेको छन् । हाल उहाले तरकारी खेती वाट वार्षिक ३ लाख भन्दा वढि कमाउने गरेको वताउनु भयो । जागर भए उमेरले छेक्दैन मैले आफ्नै कमाइमा रमाएको छु अझै समाजमा परिर्वत गर्छु उहाले हासेर हामीलाई वताउनु भयो । उमेर ६८ पुगेका भुषाले अहिले ५ वटा प्लाष्टिक हाउसमा गोलभेडा , साग ,मुला सिमी फलाउदै आएका छ्न् । वेमौसमी तरकारी खेती गर्दा वजारको समस्या नहुने हूदा उहाले मुख्यगरि वमौसमी तरकारी खेती गर्ने गरेको, हामीलाई जानकारी दिनु भयो । आफूले उत्पादन गरेको तरकारी अर्गानिक भएका कारण एक पटक किन्ने ग्राहले पुन किन्न आउने गरेको पनि उहाले सुनाउनु भयो । पछिल्लो समय अनुदानका लागि कृषी र्फम दर्ता गनूपर्ने भएकोले उहाले सिर्जनसिल कृषी फर्म संचालनमा ल्याएका छन् । आफ्नो कषिफर्मको सुधारका लागि फलेवास नगरपालिका ,कृषि ज्ञान केन्द्र लगाएतवाट पनि सहयोग प्राप्त भएको भुषालले वताउनु भयो । राम्रो काम गरेरै होला फलेवास क्षेत्रको ठुलो सहकारी सिर्जनशिल व. सहकारी संस्थाले ९२२ जना शेयर सदस्यहरुवाट मलाई उत्कृट उद्यमी सदस्यको पुरस्कार वितरण गर्यो मलाई अझै जोस जागर वढेको छ । आफुले सकुन्जेल यो व्यवसाय गर्दै यूवा पूस्तालार्ई प्रविधि सिकाउने इच्छा रहेको भुषालले जानकारी दिनुभयो । भन्ने गरेको

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img