बुधबार, माघ १२, २०७८
Wednesday, January 26, 2022
spot_img

युरोपमा फेरि वढ्यो कोरोना महामारीको केन्द्र वन्न सक्ने भन्दै डब्ल्यूएचओको चेतावनी ।

काठमाण्डौ युरोपमा फेरि कोरोना महामारी वढेको छ विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यूरोप फेरी कोभिड महामारीको केन्द्र विन्दु वन्न सक्ने भन्दै चेतावनी दिएको छ ।

कोरोना भाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहँदा पुनः एकपटक कोभिड महामारीको केन्द्र यूरोप वन्न सक्ने समेत डब्ल्यूएचओले जनाएको हो ।

डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुग्अले आउँदो फेब्रुअरीसम्ममा युरोप महादेशमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या थप पाँच लाखभन्दा धेरै हुनसक्ने अनुमान गरिएको बताउनुभयो ।

क्लुग्अले खोप पर्याप्त नलगाउँदा सङ्क्रमित बढेको भन्दै खोप अभियानलाई तीव्र बनाउनुपर्नेमा जोड दिनुभएको बीबीसीले जनाएको छ ।

सङ्क्रमण बढ्दै गएकोमा चिन्ता गर्नुभन्दा सुरुमै सङ्क्रमण हुन नदिनेतर्फ काम गर्नुपर्ने उहाँको भनाइ छ । सङ्क्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने नियमलाई खुकुलो पारिएका कारण पनि सङ्क्रमण बढेको मानिएको छ ।

जनस्वास्थ्यका विज्ञले पनि सङ्क्रमणको चौथो लहरले स्वास्थ्य प्रणालीमा ठूलो दबाब पर्ने र धेरै सङ्ख्यामा मानिसको ज्यान जानसक्ने भन्दै चिन्ता गरेका छन् ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img