बुधबार, माघ १२, २०७८
Wednesday, January 26, 2022
spot_img

प्रदुषण फैलिएपछि स्थानियले गरे सिजी उद्योगको गेटमा तालावन्दी


चितवन। प्रदुषण फैलिएपछि सिजी उद्योगको मूलगेटमा स्थानीयबासीले तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका छन्। अर्बपति व्‍यापारी बिनोद चौधरीको दुम्कौलीमा रहेको सिजी उद्योगको गेटमा मा स्थानियले ताला लगाएका हुन् ।

देवचुली नगरपालिका(२ का वडा अध्यक्ष माधव केसीका अनुसार कारखानाको प्रदूषणले वरपर बस्नै नसकिने भएकाले मंगलवार बिहानदेखि तालाबन्दी गरेर आन्दोलनमा उत्रिएको बताए।
चौधरी उद्योग आसपासका क्षेत्रमा उद्योगले धानको धुलो उडाएर बस्नै नसकिएको साथैं दुर्गन्ध पनि फैलाएको स्थानीयको आरोप छ ।यसबारेमा पटक(पटक कारखाना व्‍यवस्थापनलाई अनुरोध गरेपनि उनीहरुले नसुनेको भन्‍दै बाध्य भएर ताला लगाउनु परेको वडाध्यक्ष केसीले बताए ।
देबचुली नगरपालिकाले पटक पटक कारखाना सञ्चालन गर्दा न्यूनतम वातावरणीय असरलाई ख्याल गर्न कारखाना व्‍यवस्थापनलाई अनुरोध गरेपनि नसुनेको जनाएको छ । दुम्कौलीमा रहेको चौधरी उद्योगले चाउचाउ,स्न्याक्स, रियो, बियर र चुरोट उत्पादन गर्दै आएको छ ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img