आइतवार, असार १९, २०७९
Sunday, July 3, 2022
spot_img

नेकपा एमाले फलेवास नगर कमिटिको शपथ ग्रहण कार्यक्रम सम्पन्न

८ मंसिर २०७८

पर्वत/ नेकपा एमाले फलेवास नगरकमिटिको प्रथम अधिवेशन वाट निर्वाचित समितिको शपथ ग्रहण तथा पहिलोवैठक आज फलेवासमा सम्पन्न भएको छ ।

वैठकमा नेकपा एमाले केन्द्रिय समितिका सल्लाहाकार एंवम नेपाल कम्न्यूष्ट पार्टी पर्वतका संस्थापक तोयानाथ चालिसेले निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराउनु भएको छ । सपथ ग्रहण कार्यक्रम प्रदेश कमिटीका सदस्य देवेन्द्र राज पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन जिल्ला पाटी सचिवपदमपाणी शर्माले गर्नुभएको थियो ।

कार्यक्रममा पाटीका केन्द्रिय सल्लाहाकार समितिका सदस्य तोयानाथ चालिसे, प्रदेश कमिटी सदस्य देवेन्द्रराज पाण्डेय, शारदा शर्मा ,जिल्ला कमिटि उपाध्यक्ष भक्त कुवंर , जिल्ला सचिव पदमपाणि शर्मा , सचिवालय सदस्य पिताम्वर घिमिरे , टिकाराम गौडेल , जिल्ला कमिटि सदस्यहरु मन व कूवंर , परशूराम सुवेदी , सुरक्षा लामिछाने , कविता विक., हरिमया कुवंर र वावुराम सुनारले शुभकामना मन्तव्य राखनु भएको थियो ।

सफथ ग्रहण पश्चात संचालन भएको प्रथम वैठकले अधिवेशनको समिक्षा तथा अधिवेशन सम्पन्न गर्न सहयोग पूर्याउने पाटीका नेता तथा कार्यकर्ता ,संचार कर्मी, संयम सेवक, हल उपलब्ध गराउने सामुदायिक भवन ,पर्वत सामुदायिक क्याम्पस ,निर्वाचन समिति सवैलाई धन्यवाद ज्ञापन गरेको छ । वैठकले दशौ राष्ट्रिय महाधिवेशनमा चितवनमा सहभागिताका लागि योजना तयार गरेको तथा नगर सचिवालय गठन ,भावि कार्यायोजना निर्माण गर्देै अगाडी वढ्ने निर्णय गरेको नगर कमिटका अध्यक्ष देविप्रसाद तिमिल्सिनाले जानकारी दिनु भयो । नेकपा एमाले फलेवास नगरकमिटिका अध्यक्ष देवि प्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न वैठकको संचालन सचिव गोविन्द प्रसाद भुषालले गर्नुभएको थियो ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img