आइतवार, जेष्ठ १५, २०७९
Sunday, May 29, 2022
spot_img

पर्वतको फलेवास ९ भँगराको वडा कार्यालय नगर प्रमुख दारा उद्घाटन

२२ मंसिर २०७८ पर्वत – पर्वतको फलेवास ९ भंगराको नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । नवनिर्मित भवन फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले मंगलवार एक समारोहबीच उद्घाटन गर्नुभएको हो ।
२०७७ पौषबाट सुरु गरिएको भवन निर्माण कार्य करिव ११ महिनामा सम्पन्न भएको थियो । भंगराको काउलेमा निर्माण भएको भवनमा सभाहल सहित ४ वटा कोठा रहेका छन् । प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा रु १ करोड ५ लाखमा भवन निर्माण भएपछि कार्यालयका सेवा प्रवाहमा सहज हुने भएको छ ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख पदमपाणी शर्माले खुल्ला आकाशमुनि रहेको नगरपालिकालाई आफु निर्वाचित भएपछि पूर्वाधार सम्पन्न बनाउने प्रयासमा लागेको बताउनुभयो । सुविधासम्पन्न कार्यालय नभएसम्म नागरिकहरुलाई सेवा प्रवाहमा असहज हुने भन्दै आफ्नो कार्यकालमा नगरले पूर्वाधारमा ठुलो फड्को मारेको विश्वास व्यक्त गर्नुभयो । संघीयताको असल अभ्यासका लागि पनि पूर्वाधारमा विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले नगरको विकासका लागि गुरुयोजनाका साथ अघि बढेको पनि बताउनुभयो ।
कार्यक्रममा तमुधि नेपालका राष्ट्रिय अध्यक्ष होमबहादुर गुरुङ, एमाले नगर कमिटि अध्यक्ष देवीप्रसाद तिमिसिना, वडा नं. ८ का अध्यक्ष मनबहादुर कुँवर, एमाले नगर कमिटि सदस्य मुक्तबहादुर क्षेत्री, नेपाली काँग्रेसका विष्णु सुवेदी, माओवादी केन्द्रका नगेन्द्र गौतम, प्रेस चौतारी पर्वतका अध्यक्ष गणेश गिरी लगायतले बोल्नुभएको थियो

वडा कार्यालय भवन निर्माणका लागि स्थानीय मन बहादुर पौडेल क्षेत्रीले निशुल्क २ रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो भने थप १ रोपनी जग्गा पास हुन बाँकी रहेको छ ।
फलेवास ९ भंगराका वडा अध्यक्ष गंगाधार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत होमबहादुर पौडेल र संचालन वडा सचिब कुलप्रसाद भुसालले गर्नुभएको थियो ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img