आइतवार, असार १९, २०७९
Sunday, July 3, 2022
spot_img

सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेलले दिए बधाई

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेलले बधाई दिएका छन् । पौडेलले कांग्रेसमा एकताबद्ध, लोकतन्त्रको रक्षा र सुशासनकामा ध्यान पुगोस् भन्दै सभापती देउवालाई बधाई दिएका हुन् ।

लोकतन्त्र र संविधान खतरामुक्त नभएको तथा देशलाई अस्थीरतातिर धकेल्ने प्रपञ्च जारी रहेको बताउँदै पौडेलले यी खतराबाट पार लगाउन एकताबद्ध र सुदृढ कांग्रेस आवश्यक रहेकामा जोड दिएका छन् ।

आफूहरू राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा रहेको उल्लेख गर्दै पौडेलले भनेका छन्, ‘एकातिर सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधान सभा मार्फत् जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कोतिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन् ।’
‘यी दुवै संकटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता रहेको पौडेलको भनाइ रहेको छ ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img