बुधबार, माघ १२, २०७८
Wednesday, January 26, 2022
spot_img

पर्वत अस्पताललाई दुई करोडका स्वास्थ्य उपकरण हस्तान्तरण

५ पौष २०७८ पर्वत/ पर्वत अस्पताललाई रु दुई करोड बराबरका स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । पर्वत जिल्लामा क्रियाशील आठवटा लायन्स क्लब र लियो क्लबको समन्वय र साझेदारीमा लायन्स क्लब अन्तर्राष्ट्रिय–एलआइसिएफ कोषको आर्थिक सहयोगमा उक्त उपकरण पर्वत अस्पताललाई हस्तान्तरण गरिएको हो । लायन्स क्लबको तर्फबाट रु एक करोड १६ लाख ३८ हजार १२०, सांसद पदम गिरी मार्फत स्थानीय पूर्वाधार विकास साभेदारी कार्यक्रमअन्तर्गत विनियोजित रु ३५ लाख, कुश्मानगरपालिका वाट रु १५ लाख र स्थानीय लायन्स तथा लियो क्लबको जोड कोष रु ३३ लाख २५ हजार ९९५ सहित रु एक करोड ९९ लाख ६४ हजार ११५ को लागतका स्वास्थ्य उपकरण सहयोग गरिएको परियोजनाका अध्यक्ष बसन्तकुमार कर्माचार्यले जानकारी दिनुभयो ।
जिल्ला अस्पताल पर्वतमा आइतबार आयोजित कार्यक्रमका उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
अस्पताललाई १२ प्रकारका १३ थान उपकरण र चार प्रकारका २४ थान फर्निचर प्रदान गरिएको सहयोगी संस्थाले जनाएका छन् । अत्याधुनिक एक्सरे, इसिजी, भेन्टिलेटर, अप्रेशन थिएटर, आइसियु बेड लगायतका सामग्री हस्तान्तरण गरिएको हो । लायन्स क्लब अन्तर्राष्ट्रियका पूर्वअन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतान तथा सांसद पदम गिरीबाट सामग्री हस्तान्तरण गरिएको हो ।

लायन्स क्लब अन्तर्राष्ट्रियका पूर्वअन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानले लायन्स क्लब निस्वार्थ भावनाले सामाजिक विकासका काममा लाग्दै आएको बताउनुभयो । उहाँले नेपालमै सबैभन्दा बढी सहयोग पर्वत अस्पतालमा गर्न सकिएको बताउनुभयो । सांसद पदम गिरीले पर्वत अस्पताल सुविधा सम्पन्न बन्दै गएकोमा आफूलाई सबैभन्दा बढी खुशी लागेको बताउनुभयो । जिल्ला अस्पतालमा उपकरणको अभाव नरहेकाले अब सेवा सुविधामा ध्यान दिन अस्पताल प्रशासनलाई अनुरोध गर्नुभयो ।कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर विश्वेस्वर आचार्य, संविधानसभा सदस्य कल्पना चापागाई, कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने लगायतले पनि अस्पतालको गुणस्तर वृद्धिमा ध्यान दिन आग्रह गर्नुभएको थियो ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img