बुधबार, माघ १२, २०७८
Wednesday, January 26, 2022
spot_img

नेकपा एमाले पर्वतको नवौ अधिवेशन तयारी तिव्र, ४१६ जना प्रतिनिधी सहभागी हुने

२० पूष २०७८ । नेकपा एमाले पर्वतको नबौ अधिवेशनको सम्पुर्ण तयारीे सकिएको छ । नवौ अधिवेशनको तयारीका बारेमा सोमवार पत्रकार सम्मेलन गरि नेकपा एमाले पर्वतले जानकारी गराएको हो । पुस २३ र २४ गते जिल्ला सदरमुकाम कुश्मामा हुने अधिवेशनका लागि विभिन्न समिति तथा उपसमितीहरु गठन गरि जिम्मेवारी दिई सकिएको नेकपा एमाले पर्वतका का.अध्यक्ष भक्त कुवंरले जानकारी दिनुभयो ।

अधिवेशनमा जिल्लाका ६१ वटै वडा र जनसंगठनवाट ४ सय १६ जना प्रतिनिधिहरु सहभागि हुने भएका छन् । पत्रकार सम्मेलनमा नवौ अधिवेशनको लोगो समेत सार्वजनिक गरिएको छ । विश्वकै दोस्रो अग्लो बन्जी, जिपलाई लगायतका जिल्लाका आकर्षक पर्यटकीय क्षेत्रलाई समेटेर लोगो बनाईएको छ ।

अधिवेशनका विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ जस अन्तरगत कार्यवाहक अध्यक्ष भक्त कुवंरको संयोजकत्वमा प्रतिवेदन लेखन उप समितिगठन गरिको छ भने प्रतिनिधी व्यवस्थापन उप समितिमाको संयोजकमा पदमपाणी शर्मा , मंन्च तथा स्टेशनरी उप समिति संयोजकमा गोविन्दपहाडी , प्रचार प्रचार उप समिति संयोजकमा जिन विक्रम उच्चै ठकुरी , आर्थिक व्यवस्थापना उप समिति संयोजकमा विष्णु नेवार , आवस व्यवस्थापन संयोजकमा शिवलाल सार्की , अतिथी सत्कार इश्वरी प्रसाद भुषाल र संयमसेवक परिचालन संयोजकमा शिव प्रसाद पौडेल रहनु भएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य तथा इन्चार्ज कल्पना चापागाई, सह इन्चार्ज पदम गिरी सचिव पदमपाणी शर्मा उपसचिव गोविन्द पहाडी लगायतको सहभागिता थियो ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img