आइतवार, जेष्ठ १५, २०७९
Sunday, May 29, 2022
spot_img

फलेवास नगरपालिका द्धारा स्वास्थ्य केन्द्रलाई एम्वुलेन्स हस्तान्तरण

२ माघ २०७८ । पर्वत
फलेवास नगरपालिकामा समुदाय स्तरवाट संचालित स्वास्थ्य केन्द्रलाई एम्वुलेन्स हस्तान्तरण गरिएको छ । नगरपालिकाको केन्द्र फलेवास ५ खानिगाँउमा रहेको धुलिखेल स्वास्थ्य केन्द्रलाई रु १० लाख लागतकामा एम्वलेन्स हस्तान्तरण गरिएको हो । नगरपालिकाले अघिल्लो आ.व.मा वजेट विनियोजन गरि यस वर्ष स्वास्थ्य केन्द्रलाई एम्वुलेन्स उपलब्ध गराएको हो ।

स्वास्थ्य केन्द्रमा एम्वुलेन्स नहुदा विरामीहरु लाई सेवा दिन कठिन भै रहेको अवस्थामा नगरवासीको सेवाका लागि एम्वुलेन्स उपलब्ध गराईएको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो । नगरवासीहरुको स्वास्थ्य सेवाका लागि नगरपालिकाको तर्फवाट आफूले सक्दो प्रयास गरिरहेको वताउदै हाल देखीएको कोभिड १९ को नया भेरियन्ट ओमिक्रोनको रोकथामका लागि स्वास्थ्य सेवा प्रभावकारी गराउने उहाले जानकारी दिनु भयोे । फलेवासमा संचालित धुलिखेल अस्पतालले कोभिड १९ को पहिलो र दोस्रो लहरमा नगरवासीको स्वस्थ्य सेवाका लागि निरन्तर लागेकोमा हाल देखिएको नया भेरियन्ट ओमिक्रोनको रोकथामका लागि पनि प्रभाकारी सेवा प्रदान गर्न उहाले अनुरोध गर्नुभयो ।
फलेवास नगरपालिका क्षेत्रमा हाल सम्म २ वटा एम्वुलेन्स संचालनमा रहेका थिए । जस अन्तरर्गत १ वटा एम्वुलेन्सले फलेवास कोभिड अस्पतालवाट सेवा दिईरहेको छ भने १ वटा एम्वुलेन्स फलेवास ,११ पाङराङ स्वास्थ्य चौकीमा रहेको छ । फलेवासमा संचालित धुलिखेल स्वास्थ्य केन्द्रमा रहेको एम्वुलेन्स लामो समय देखी विग्रएकोमा स्वास्थ्य सेवा प्रभावित हुदै आएको थियो । नगरवाट नया एम्वुलेन्स प्राप्त भएकोमा स्वास्थ्य सेवा संचालन सहज हुने धुलिखेल स्वास्थ्य केन्द्रले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img