आइतवार, जेष्ठ १५, २०७९
Sunday, May 29, 2022
spot_img

पर्वतमा कोभिड १९ को संक्रमण वढ्दो माघ ५ देखि निषेधाज्ञा

४ माघ २०७८
पर्वतमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिएपछि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय पर्वतले माघ ५ देखि लागु हुने गरी उक्त आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीद्वारा जारी आदेशमा जिल्लाका सवै शैक्षिक संस्था सिनेमाहल ,पार्टी प्यालेस, व्यूटिपार्लर,शैलुन ,माघ १५ सम्मका लागि वन्द गरिएको छ । मठ मन्दिरमा नित्य पुजा बाहेक अन्य क्रियाकलाप माघ २९ सम्म बन्द गर्न आदेश जारी भएको छ भने होटल व्यवसाय, लगाएत सेवाप्रदायक निकायहरुमा सेवाग्राहीको अनिवार्य दुवै डोजयुक्त खोपकार्ड देखाएर सेवा दिन आदेश जारी भएको छ ।

आदेशलाई अवज्ञा गरिएमा कानुन बमोजिम कार्बाही गरिने चेतावनी समेत जिल्ला प्रशासन कार्यालय पर्वतले दिएको छ । जिल्लामा संक्रमण बढेपनि सर्वसाधारणहरुले संक्रमण प्रति बेवास्ता गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले सवै सजग रहन आग्रह गर्नुभयो । पर्वतमा पछिल्लो समय एन्टिजेन परीक्षण लाई तिब्रता दिइएको र परीक्षण गरिएका मध्ये झण्डै ७० प्रतिशतमा संक्रमण देखिएको जिल्ला अस्पताल पर्वतले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img