आइतवार, जेष्ठ १५, २०७९
Sunday, May 29, 2022
spot_img

सार्वजनिक निकायमा सेवा लिन खोपकार्ड अनिवार्य

७ माघ, काठमाडौं । आजदेखि सार्वजनिक स्थान जाँदा कोभिड विरुद्धको खोप लगाएको प्रमाण पेश गर्नुपर्ने भएको छ । शेवाग्राहीले प्रमाण स्वरुप खोप कार्ड देखाउनुपर्ने भएको छ ।

यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्नेछ । खोप लगाएको कार्डको फोटो मोबाइलमा देखाए पनि मान्य हुने भएको छ ।

सबै निकायहरुले खोप कार्ड हेरेर मात्र आगन्तुकलाई प्रवेश गर्न दिनुपर्ने जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको आदेशमा उल्लेख छ ।

कोरोना संक्रमणको दर बढ्दै गएपछि काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखि निजी र सार्वजनिक सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।

यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालो सेवा प्रवाहको प्रबन्ध मिलाउन भनिएको छ । online Khabar

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img