शुक्रबार, अशोज ५, २०८०
Friday, September 22, 2023
spot_img

पर्वतमा ओमिक्रोनको संक्रमण तिब्ररुपमा फैलियो माघ १६ देखी पुन निषेधाज्ञा

१५ माघ २०७८
डिल व विक.

पर्वतमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण को दर अहिले सम्मकै उच्च रहेको छ । संक्रमण दर तिब्ररुपमा फैलिएपछि निषेधाज्ञा थप गरिएको छ । । पर्वतमा हाल ५२८ जना संक्रिय संक्रमित रहेका छन् । यो संख्या हाल सम्मकै उच्च रहेको स्वस्थ्य कार्यालय पर्वतले जनाएको छ । संक्रमित मध्य ५२७ जना होम आईसुलेसनमा रहेका छन् भने १ जना पर्वत अस्पतालमाको आईसुलेसनमा रहेका छन् । संक्रमितको संख्या वढ्दै गएपछि जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय पर्वतले माघ १६देखि लागु हुने निशेधाज्ञा आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीद्वारा जारी आदेशमा जिल्लाका सवै शैक्षिक संस्था सिनेमाहल ,पार्टी प्यालेस, जिमखाना,स्पोर्ट क्लव,व्यूटिपार्लर,शैलुन ,अर्कोआदेश नभएसम्मका लागि वन्द गरिएको छ । सार्वजनिक यातयात संचालनका लागि स्वास्थ्य मापदण्ड पुरा गरेर मात्र संचालन गर्न आदेश जारी भएको छ भने मठ मन्दिरमा नित्य पुजा बाहेक अन्य क्रियाकलाप बन्द गर्न आदेश जारी भएको छ ।

आदेशलाई अवज्ञा गरिएमा कानुन बमोजिम कार्बाही गरिने चेतावनी समेत जिल्ला प्रशासन कार्यालय पर्वतले दिएको छ । जिल्लामा संक्रमण तिब्र गतिमा वढेपनि सर्वसाधारणहरुले संक्रमण प्रति बेवास्ता गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले सवै सजग रहन आग्रह गर्नुभयो । संक्रमण रोक्नका लागि सवै निकाय सजग रहनुपर्ने उहाले वताउनु भयो । कोभिड खोप लगाउन छुटेका व्यक्तिहरुलाई माघ १६ गते देखी जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालय परिसरमानै अस्थाई खोप केन्द्र स्थापना गरि कोभिड खोप लगाउन लागेको समेत उहाले जानकारी दिनुभयो पर्वतमा हालसम्म ४२४७ जनाको पिसिआर र ११७१२ जनाको एन्टिजेन परीक्षण गरिएकोमा कुल ३७०५ जनामा पोजेटिभ देखीएकोमा ३११० जना निको भएका छन् भने ६७ जनाको मृत्यू भएको र ५२८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।

spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img