आइतवार, जेष्ठ १५, २०७९
Sunday, May 29, 2022
spot_img

उद्यमी वनाउदै फलेवास नगरपालिका ,मौरी पकेट क्षेत्रमा ४० जनालाई तालिम

६ माघ २०७८
पर्वतको फलेवास नगरपालिकाले व्यवसायिक मौरीपालन अन्र्तगत कृषकहरुको आम्दानी वृद्धिका लागि मौरी पकेट क्षेत्रमा ४० जना कृषकलाई तालिम संचालन गरेको छ ।
गत वर्ष ४० जना कृषकहरुलाई तालिम प्रदान गरि मौरी पालन व्यवसाय संचालनमा सहयोग गरेककोमा कार्यक्रम प्रभावकारी वनेपछी यस वर्ष पनि थप ४० जनालाई तालिम प्रदान गरेको हो । फलेवास नगरपालिकामा क्रियाशिल सिर्जनसिल वहुउद्देश्यीय सहकारी संस्थाले नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा फलेवास २ थापाठाना र ८ ठानामौलामा २/२ दिने तालिम आयोजना गरि सम्पन्न गरेको हो । तालिममा फलेवास १,२,३,७,८,९ का गरि ४० जनामा मौरीपालन कृषकको सहभागिता रहेको थियो ।

फलेवास २ थापाठानामा संचालित तालिमको समापन कार्यक्रममा वौल्दै नगरप्रमुख पदमपाणी शर्माले मौरी पालन व्यवसायवाट कृषकहरुले राम्रो आम्दानी गर्दै गएको वताउदै गत वर्षदेखी निरन्तर मौरी पालन व्यवसायमा कृषकहरुलाई सहयोग गरेको वताउनु भयो । पछिल्ले समय फलेवास क्षेत्रमा उद्यमी वनेर व्यवसाय संचालन गर्नेको संख्या वढ्दै गएको वताउदै नगरपालिका वाट उद्यम विकासका लागि आफुले सक्दो सहयोग गर्दै आएको वताउनु भयो । फलेवास नगरपालिकाले वडा नंं ७,८,र ९ लाई मुख्या कार्यक्षेत्र तयार गरि प्रधान मन्त्री कृषी आधुनिकिकरण परियोजना अन्र्तगत मौरी पालन पकेट विकास कार्यक्रम अन्र्तगत सो क्षेत्रमा तालिम संचालन गरिएको र तालिम पश्चात कृषकहरुलाई मौरी घार सहित आवश्यक सामाग्री ५० प्रतिशत अनुदानमा सहयोग गरिने कृषी अधिकृत सन्तोष सुवेदीले जानकारी दिनुभयो ।

गत वर्ष मौरी पालन कार्यक्रम संचालन गरिएकोमा कृषकहरुले मौरीपालन वाट राम्रो आम्दानी गर्न थालेको समेत उहाले वताउनु भयो । फाल्गुण १ देखी ५ गते सम्म संचालन भएको तालिममा कृषी अधिकृत सुन्तोष सुवेदी , मौरी पालन तालिम सहजकर्ता कृष्ण प्रसाद तिवारी र मौरी उद्यमी प्रेम वहादु विकले सहजिकरण गर्नुभएको थियो तालिममा कृषकहरुलाई व्यवाहारिक ज्ञानका लागि मौरी फर्ममा नै तालिम संचालन गरिएको सहजकर्ता कृष्ण प्रसाद तिवारीले जानकारी दिनु भयो ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img