दोहा । नेपाली प्रवासी श्रमिक संघ कतारको पाचौं अधिबेशन सम्पन भएको छ । फेब्रुअरी २५ तारीकमा सम्पन्न अधिबेशनले शेषराज तिमिल्सिनाको अध्यक्षतामा १६ सदस्यिय कार्यसमिति चयन गरेको छ ।जसको उपाध्यक्ष खेमराज सुबेदी ,दृतिय उपाध्यक्ष समुन्द्र खड्का ,महिला उपाध्यक्ष , मन्जु गुरुङ ,महासचिव सद्दाम हुसेन अन्सारी सचीव लोक ब थापा
सचीव , बिन्दा लामा सचीव नवराज साही सदस्यहरु क्रमश बिष्णु बहादुर सार्की, रामजि खड्का,अम्बिका सुब्बा,लक्ष्मी परियार,गिरि प्रसाद दर्लामी,बिजय कुमार, लोक बजोगि,सोबित बहादुर बिक रहेका छ्न ।

बिश्वका मजदुर एक हौं श्रम आप्रवासन बाध्यात्मक होइन, इच्छाको विषय बनाऔ भन्ने मुल नाराका साथ स्थापना गरिएको संघको पाचौं अधिबेशन दोहा सनैया सम्पन्न गरिएको हो ।
संस्थाका अध्यक्ष भिम तराजु मगरको सभापतित्वमा, तथा नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आथित्यमा कार्यक्रम गरिएको थियो । भर्चुअल माध्यमबाट बोल्दै प्रमुख अतिथि श्रेष्ठले श्रमिक संघ सहयोग समुह कतारले गरेका विभिन्न कार्यहरुको चर्चा गर्नुभयो ।
कार्यक्रममा जिफन्ट कतारका सल्लाहकार प्रभात त्रिपाठी, जिफन्ट सहयोग समूह कतारका संस्थापक अध्यक्ष विश्व नेपाल, जनसम्पर्क समिति कतारका सभापति मो.अजिज अलि,जनप्रगतिशील मञ्च कतार रास्ट्रिय कमिटी सचीव उत्तर ब. रोकाय,एन आरएनए कतार उपाध्यक्ष प्रेम चलाउने,नेपाल आदिवासी जनजाती महासंघ कतार महासचिव एक राज राइ,नेपाली समाजका राजाराम साही,पिएन सिसि कतार प्रतिनिधि हमिद खान लगायतले बोल्दै नेपाली प्रवासी श्रमिक संघ (GEFONT ) ले स्थापना काल देखीनै नेपाली श्रमजिवि मजदुरको पक्षमा वकालत गरिरहेको बताउनुभयो ।
प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोखरेलले श्रमिक हरुको एकताले नै देश समृद्धि बनाउन सकिन्छ भन्ने कुरामा जोड दिदै आउने नयाँ कार्यसमिति अझै जुझारु ससक्त बनोस र श्रमिकको पक्षमा दृढ़ भएर उभिन सकोश भन्दै आफ्ना शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रबासी नेपाली मञ्च कतारका उपाध्यक्ष द्वय चानिलाल राजबंशी र जियाबाबु खान, सल्लाहकार केबि हमाल, सचिवालय सदस्य साथै सङ्गठन बिभाग प्रमुख चन्द्र बिक, सचिवालय सदस्य तथा सङ्गठन बिभाग उप संयोजक बालकृष्ण भित्रीकोटी, सचिवालय सदस्य साथै सङ्गठन बिभागका सचिव बिनेष तामाङ, सचीवालय सदस्यहरु रेणु चौलागाईं,बिजय बिक्रम बस्नेत, खिम बहादुर रानामगर, समाज सेवि शेख साहनवाज परबेज, गफुर अहमद लगायतको उपस्तिथी रहेको थियो ।
कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनको लागि जनसंगित मञ्च कतारका कलाकारहरु शिवराम ढकाल, सोबित बिक, अमृत परियार, बाबू कौशल लगायतका जनकलाकरहरु द्वारा स्वागत गीत प्रस्तुत गरिएको थियो ।