आइतवार, असार १९, २०७९
Sunday, July 3, 2022
spot_img

चारभन्ज्याङ क्षेत्र विकासका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न कृषि र पर्यटन विकासमा जोड

चारभन्ज्याङ क्षेत्रमा कृषि र पर्यटन विकासका लागि अन्तरक्रिया कार्यक्रम ठानामौलामा सम्पन्न भएको छ ।
पर्वतको फलेवास नगरपालिका ९ भंगरा , ८ ठानामौला ,महाशिला गाउपालिका ६ फलामखानी र ५ लामे क्षेत्रमा चारभन्ज्याङ क्षेत्र विकास आयोजना अन्र्तगत कृषि र पर्यटन सम्वन्धि कार्यक्रम संचालन गर्नका लागि चारभन्ज्याङ तमुसमाज यूकेको समन्वयमा पर्वत चारभन्ज्याङ सेवा केन्द्रको आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।


कार्यक्रममा वौल्दै प्रमुख अतिथी फलेवास नगरपालिका प्रमुख पदमपाणी शर्माले चारभन्ज्याङ तमुसमाज यूकेवाट फलेवास नगरपालिका र महाशिला गाउपालिका का विभिन्न वडामा संचालन गरेका कार्यक्रमहरुले समुदायका विपन्न वर्गहरुले प्रतक्ष सेवा पाएको वताउदै विदेशमा रहेर पनि यस क्षेत्रमा सहयोग पुर्एकोमा धन्यावाद व्यक्त गर्नुभयो । चारभन्ज्याङ समाजले फलेवास ८ मा संचालनमा रहेको टेलिमेडिसिन सेवाले स्थानिय स्थरमा समुदायलाई प्रतक्ष स्वास्थ्य सेवा प्रदान गरेको वताउदै हाल नगरपालिकावाट समेत टेलिमेडिसिन सेवा संचालनका स्वास्थ्य जनशक्ति सहयोग गरेकोे वताउनु भयो । समाजले संचालन गर्न लागेको कृषि तथा पर्यटन विकासमा पनि फलेवास नगरपालिका वाट साझदारी रहने उहाको भनाई रहेको छ ।


पर्वत जिल्ला फलेवास नगरपालिका का वडानं ८ र ९ र महाशिला ६ र ५मा स्थायी घर भै हाल विदेशमा रहेका गूरुङ समुदायहरुले आफ्नो गाउको विकास र समृद्धिका लागि चार भन्ज्याङ तमु समाज मार्फत विभिन्न सामाजिक कार्यहरु संचालन गर्दै आएका छन् । समाजले उपलब्ध गराउने सुविधाहरु सवै जाती तथा विपन्न समुदायको लागी गर्दै आएको समाजका निर्वतमान अध्यक्ष चन्द्र व गूरुङले जानकारी दिनु भयो । हाल समाजले उच्च मूल्यमा विक्रि गर्न सकिने फलफुल लगाएत आधुनिक कृषि प्रविधिको विकास तथा पर्यटन प्रवद्धनमा काम गर्न गर्नका लागि अन्तरक्रिया कार्यक्रम गरेको चारभन्ज्याङ तमु समाज यूकेका अध्यक्ष मदन गूरुङले जानकारी दिनु भयो समाजले पर्यटन प्रवद्धनका लागि चार भन्ज्याङ तमुसमाजको पहलमा विभिन्न स्थानमा कृषि विज्ञको टोली मार्फत खेतीप्रविधी विसतर गर्न स्थलगत अनुगमन गराएको छ ।


संस्थाले चारभन्ज्याङ क्षेत्रमा विभिन्न समाजिक विकासका कार्यक्रमहरु संचालन गर्दै आएको र मुख्यगरि स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग पुर्याएकोमा अव कृषि र पर्यटन विकासलाई मुख्या प्राथामिकताका साथ अगाडी वढाउने चार भन्ज्याङ तमु समाज यूकेका संस्थापक अध्यक्ष लेप्टेन नारायण प्रसाद गूरुङले जानकारी दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा फलेवास नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मन वहादुर कुवंर , महाशिला गाउपालिका ५ का वडा अध्यक्ष जिवन उचै ढकुरी ,चार भन्ज्याङ तमु समाज का नि अध्यक्ष चन्द्र गूरुङ , संस्थापक अध्यक्ष लेप्टेन नारायण प्रसाद गूरुङ फलेवास नगरपालिकाका कार्यक्रम व्यवस्थापक देवीप्रसाद तिमिल्सिना, चार भन्ज्याङ आमा समुह यूकेका अध्यक्ष अध्यक्ष विमला गूरुङ, टेलिमेडिसिनका व्यवस्थापक रोशन गूरुङ ,नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।


कार्यक्रममा कृषि विज्ञ निलकन्ठ शर्माले विभिन्न क्षेत्रमा पुगेर तयार गरेको फलफुल खेती सम्भाव्यता प्रारम्भिक अध्ययनको रिपोट पेश गर्नुभएको थियो भने डा योगेन्द्रराज रिजालले चार भन्ज्याङ तमु समाजको सहयोगमा यस क्षेत्रमा संचालन गरिने आर्थिक विकास कार्यक्रमको अवधारणको वारेमा जानकारी गराउनु भएको थियो । समाजले पछिल्लो समय कृषि क्षेत्रलाई प्राथामिकतामा राखी कार्यक्रम संचालन गर्न लागेकोमा स्थानिय वासीहरुले खुसि व्यक्त गरेका छन् ।
चारभन्ज्याङ सेवा केन्द्र पर्वतका अध्यक्ष डम्मर व गूरुङको अध्यक्षतामा संचालन भएको कार्यक्रमको संचालन केन्द्रका सचिव डिल व वि.कले गर्नुभएको थियो भने स्वागत मन्तव्य टेलिमेडिसिन स्वास्थ्य प्रमुख प्रार्थना पुनले राख्नु भएको थियो ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img