२०७८ पर्वत / लोभलाग्दा सून्दर डाँडाहरु विरानो हुदै गए पनि यतीवेला प्रवासीहरुको रोजाइमा परेका छन् । पर्वतको फलेवास नगरपालिका र र महाशिला गाउपालिका अन्र्तगत पर्ने चारभन्ज्याङ क्षेत्रका डाँडाकाडाहरुमा एग्रो टुरिजमको रुपमा विकास गर्ने उद्देश्यले यतीवेला अभियान संचालन गरिएको छ । यस क्षेत्रमा पर्ने फलेवास ९ को वजारमारा , ८ मा पर्ने छाम्मेथुम र महाशिला ६ को फलामखानी डाडालाई पर्यटन प्रवद्धनका लागि चारभन्ज्याङ सर्कीट नामकरण गरेर अभियान चलाइएको हो ।

अभियान कै क्रममा पर्यटकिय हिसावले ज्यादै सम्भावना वोकेको अत्यान्तै रमणिय र सुन्दर स्थल महाशिला ६ फलमखानी हलोगाडे डाँडामा पहिलो पटक क्याम्पिङ गरिएको छ । चारभन्ज्याङ समाज यूकेकोे पहलमा आयोजना गरिएको १ दिने क्याम्पिङमा चारभन्ज्याङ तमु यूकेको भ्रमण टोलि स्थानिय समाज सेवी सहित पत्रकारहरुको सहभागिा रहेको थियो ।
समाजले परियोजना नै निर्माण गरेर पछिल्लो समय कृषि सँगै एग्रो टुरिजमको अवधारणा अबलम्बन गर्ने तयारीमा रहेको हो ।
शिक्षा, स्वास्थ्य, कृषि, वातावरण र पर्यटन लगायतका विषयलाई अवधारणाका रुपमा अघि सारेर अभियान सञ्चालन गरेको समाजले पछिल्लो समय कृषि सँगै एग्रो टुरिजमको अवधारणा अघि सारेर कार्यक्रम संचालन गर्न लागेको चारभन्ज्याङ तमु समाज यूकेका अध्यक्ष मदन गरुङले जानकारी दिनुभयो ।

अवधारणालाई लागु गर्न निर्माण गरिएको चार भञ्ज्याङ क्षेत्र विकास परियोजना अन्तर्गत अहिले पर्वतको फलेवास नगरपालिका ९ भंगरा , ८ ठानामौला ,महाशिला गाउपालिका ६ फलामखानी र महाशिला गाउँपालिका ५ लामे क्षेत्रमा अभियान सञ्चालन गर्न लागेको चारभञ्ज्याङ तमु समाज यूकेका पुर्व अध्यक्ष चन्द्र गुरुङले जानकारी दिनु भयो ।
बैदेशिक रोजगारीका शिलशिलामा हंङकङ, बेलायत लगायतका क्षेत्रमा गएका स्थानीय प्रवासीहरुले अभियान सञ्चालन गर्न लागेको र यस अभियानमा सवैले साथ दिएमा यस क्षेत्रमा देश तथा विदेश वाट समेत पर्यटन भित्राउन सकिने समाजका संस्थापक अध्यक्ष नारायण प्रसाद गुरुङले वताउनु भयो ।

चार भन्ज्याङ क्षेत्र अन्र्तगत फलामखानी हलोगाडे डाडाका पर्यटकीय विशेषताहरुस्(
१ चाँदी झै टल्किने धौलागिरी,माछापुच्छ्रे लगायतका हिमालहरु देख्न सकिन्छ ।
२ विभिन्न जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरु साथै
चारैतिरका मनमोहक गाउँ ठाउँहरु हेर्न सकिने ।
३ ध्यान तथा योगका लागि मनोरम,सुन्दर र सान्त वातावरण ।
४ सनराइज र सनसेट हेर्न सकिने ।
५ पिक्निकका लागि अत्यन्त उपयुक्त स्थल ।
६ बिगतमा फलाम निकालिएका खानीहरु हेर्न पाइने।
७ मौलिक लोक भाका,कला र सांस्कृतिमा रमाउन पाइने ।
८ राष्ट्रिय फुल लालीगुराँस प्रसस्त पाइने ।
९ चिया खेतीको बगान बिस्तार हुँदै ।
१ हावाबाट बिद्धुत उत्पादनका लागि निर्माण गरिएको अग्लो टावर हेर्न सकिने ।
