आइतवार, जेष्ठ १५, २०७९
Sunday, May 29, 2022
spot_img

चारभञ्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा लेप्टेनेण्ट चन्द्रबहादुर गुरुङ

पोखरा । चारभञ्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ।
पोखरामा सम्पन्न अधिवेशनले चारभञ्ज्याङ तमु समाज युकेका पुर्व अध्यक्ष लेप्टेनेण्ट चन्द्रबहादुर गुरुङको अध्यक्षतामा नया कार्यसमिति गठन भएको छ।समितिको उपाध्यक्षमा हुमबहादुर गुरुङ, पदेन उपाध्यक्षहरुमा चारभञ्ज्याङ युकेका अध्यक्ष मदन गुरुङ, चारभञ्ज्याङ तमु समाज काठमाण्डौंका अध्यक्ष क्याप्टेन नारायणबहादुर गुरुङ, चारभञ्ज्याङ तमु समाज पोखराका अध्यक्ष प्रदिपकुमार गुरुङ र चारभञ्ज्याङ तमु समाज हङकङका अध्यक्ष ताराप्रसाद गुरुङ, महासचिवमा धनबहादुर गुरुङ,कोषाध्यक्षमा सुबेदार बीरप्रसाद गुरुङ सदस्यहरुमा लामेबाट सुर्यबहादुर गुरुङ ठानामौला खाल्टेबाट रोशन गुरुङ, भँगराबाट हिरामती गुरुङ र दाद्राबाट समिर गुरुङ चयन हुनुभएकोछ।


कार्यक्रमको उद्घाटन गर्दै चारभञ्ज्याङ तमु समाज युकेका संस्थापक अध्यक्ष लेप्टेनेण्ट नारायणप्रसाद गुरुङले संस्थाले चारभञ्ज्याङ क्षेत्रमा निकैनै महत्वपुर्ण कार्य सम्पादन गरेको वताउदै आगामी दिनमा कृषि र पर्यटन विकासका लागि राज्यसँग समन्वयात्मक भुमिका खेल्नु पर्ने वताउदै नवनिर्वाचित कार्यसमिति लाई वधाई तथा सुभकामना व्यक्त गर्नुभयो।


कार्यसमिति गठनका लागि चारभञ्ज्याङ तमु समाज पोखराका संस्थापक अध्यक्ष पुरनध्वज गुरुङ संयोजक, माओत्सेतुङ गुरुङ सचिव र क्या।ठाकुरप्रसाद गुरुङ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । कार्यक्रममा चारभञ्ज्याङ तमु समाज युकेका अध्यक्ष मदन गुरुङले चारभञ्ज्याङ क्षेत्रमा कृषि र पर्यटनका संभाव्यता अध्ययन एवम चारै गाँउमा अन्तरक्रिया, अवलोकन गरिएको जानकारी गराउदै यस अभियानमा सवैले साथ सहयोगका लागि अनुरोध गर्नुभयो ।

कार्यक्रममा चारभञ्ज्याङ तमु समाज युकेद्धारा निर्मित चारभञ्ज्याङ , म्युजिक भिडिका कलाकार, प्राविधीकहरुलाई सम्मान गरिएको थियो।
चारभञ्ज्याङ तमु समाज अन्र्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष क्या,चन्द्रप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत चारभञ्ज्याङ तमु समाज पोखराका अध्यक्ष प्रदिपकुमार गुरुङ, संचालन समन्वय समितिका महासचिव हुमबहादुर गुरुङले गर्नुभएको थियो।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img