आइतवार, असार १९, २०७९
Sunday, July 3, 2022
spot_img

फलेवासमा एमालेको चुनावी चहलपहल वढ्यो पार्टी कार्यकर्तालाई प्रशिक्षण कार्यक्रम सम्पन्न

१९ चैत्र २०७८ पर्वत
पर्वतको फलेवासमा नेकपा एमालेको चुनाव केन्द्रित कार्यक्रम अन्र्तगत कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनलाई केन्द्रित गर्देै फलेवास नगरकमिटीको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा फलेवास नगरपालिका क्षेत्रका जिल्ला कमिटि सदस्यहरु नगरकमिटीका सदस्य , गाउ कमिटीका अध्यक्ष लगाएत भातृ संस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य कल्पना चापागाई नेकपा एमालेका प्रदेश सांसद विकास लम्साल ,प्रदेश सचिवलाय सदस्य मेघनाथ सुवेदी , नेकपा एमालेका जिल्ला अध्यक्ष राजु पौडेलले प्रशिक्षण दिनु भएको थियो ।


प्रशिक्षण कार्यक्रममा वौल्दै नेकपा एमाले केन्द्रिय सदस्य तथा पर्वत इन्चार्ज कल्पना चापागाईले फेरी पनि एमालेलाई पहिलो पार्टी वनाउनका लागि सवै कार्यकर्ताहरु जनातको घरघरमा पुगेर पार्टीको निति तथा कार्यक्रम जनता समक्ष पुर्याउनु पर्नेमा जोड दिदै एमाले जनाको पार्टी भएका कारण सधै जनताको हितमा काम गर्ने वताउनु भयो । प्रदेश सांसद विकास लम्सालले नेकपा एमाले ले देश र जनताको हितमा निकै लोक प्रिय काम गर्दै आएको वताउदै अझै ति कामहरुलाई विट मार्न नेकपा एमालेको सरकार नै आवश्यकता रहेकोले सवै कार्यकर्ताहरु एमालेको विजयका लागि एकजुट भएर लाग्नुपर्ने वताउनु भयो । तेसै गरि प्रदेश सचिवालय सदस्य मेघनाथ सुवेदीले नेकपा एमालेको सरकार रहदा देशै भरि विकासको लहर छाएको वताउदै फलेवासमा पनि उपलब्धिपुर्ण कार्य भएको वताउदै फलेवासको समृदीका लागि एमाले वाहेक अरु विकल्प नरहको वताउनु भयो ।


नेकपा एमालेले फलेवास नगरपालिकामा यस पटक पनि ठुलो दलको रुपमा परिणाम ल्याउन घरदैलो तथा विभिन्न भेट घाट कार्यक्रम आयोजना गर्दै आएको छ । अघिल्लो निर्वाचनमा फलेवाका ११ वडा मध्या २ वडा वाहेक सवै वडामा नगरप्रमुख ,उप प्रमुख सहित दुई तिहाई भन्दा वढि वहुमत प्राप्त गरको थियो ।
नेकपा एमाले फलेवास नगरकमिटिका अध्यक्ष देवी प्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न पार्टी प्रशिक्षण कार्यक्रमको संचालन नगरकमिटी सचिव गोविन्द प्रसाद भुषालले गर्नुुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष नेत्र विकले राख्नु भएको थियो

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img