शनिबार, मंसिर १६, २०८०
Saturday, December 2, 2023
spot_img

खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं :  नेकपा एमाले माधव नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दैछ। बिहान ११ बजेपछि बैठक बस्ने तयारी भएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए। 

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो दशैं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकबाट गरेको निर्णय चित्तबुझ्दो नभएको प्रारम्भिक प्रतिक्रिया दिएको यो समूहले आधिकारिक धारणा तय गर्न बैठक बोलाएको हो। 

ओलीले नेता नेपाल समूहको मागअनुसार महाधिवेशन आयोजक कमिटीलाई भंग गरेर केन्द्रीय कमिटीमा रूपान्तरण गरेका छन्। नेपाल समूहले पार्टीलाई २०७५ जेठ २ को अवस्था फर्काउनुपर्ने माग राख्दै आएको थियो। 

नेपाल समूह बिनाको बैठकले माओवादीबाट आएका नेताहरूसहित रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महसेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटीमा राख्ने निर्णय गरेको थियो। 

पार्टीलाई पहिलेको अवस्थामा फर्काइसकेपछि मात्रै आवश्यकता अनुसार सदस्यहरू थप्न सकिने भन्दै नेपाल समूहले असुन्तुष्टि जनाएको छ।  ओलीले भोलीको लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा जाने नजाने विषयमा आजको बैठकले धारणा तयार गर्ने जनाइएको छ। 

यसैबीच एमाले विवादको सहमति विन्दू पहिचान गर्न कार्यदलको बैठक आज पनि बिहानैदेखि सुरु भएको छ। एमाले सचिव भीम आचार्यका अनुसार बिहान ८ बजे नै दुवै पक्षको कार्यदलका सदस्यहरु होटल समिटमा पुगिसकेको छन्। 

spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img