आइतवार, असार १९, २०७९
Sunday, July 3, 2022
spot_img

नेकपा एमाले फलेवासको चुनावी अभियान पाङराङको सुलिकोट वाट शूरु

१५ वैशाख २०७९
पर्वत । नेकपा एमाले फलेवासको चुनावी अभियान पाङराङको सुलिकोट वाट शूरु भएको छ । फलेवास नगरपालिकाको सवै भन्दा अग्लो स्थान सुलिकोट वाट स्थानीय तह निर्बाचनको प्रचारप्रसार तथा घरदैलो अभियान शुरु गरेको छ । नगर कमिटीले विहिबार फलेवास नगरपालिका ११ पाङराङको सुलिकोटमा अवस्थित शिद्धबराह मन्दिरबाट अभियान शुरु गरेको हो ।
अभियानको नेकपा एमाले केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इञ्चार्ज कल्पना चापागाईले औपचारिक रुपमा शुभारम्भ भएको घोषणा गर्नु भएको हो । कार्यक्रममा बोल्दै चापागाईले नेकपा एमाले पर्वतले विगतको विरासतलाई कायम राख्दै जिल्लाका अन्य पालिका तथा वडाहरुमा सोचेभन्दा धेरै स्थानमा सफलता हासिल गर्ने दाबी गर्नुभयो । चापागाईले मुलुकमा समृद्धिका लागि नेकपा एमालेले महत्वपूणर् भूमिका खेलेको स्मरण गराउँदै ओली सरकारको पालामा भएका उपलब्धि र योजनाहरुले नेकपा एमालेको मुलुकभरका एजेण्डाहरु भएको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले पर्वतका अध्यक्ष राजु पौडेलले जिल्लाको समग्र विकासका खातिर एमाले दिन रात नभनि लागि परेको बताउँदै समृद्धि भित्राउन का लागि एमालेको सूर्य चिन्हमा मत जाहेर गर्न आग्रह गर्नु भएको थियो । उहाँले एमालेको शक्ति र एमाले प्रति जनताको माया र सद्भाव देखेर विभिन्न दलहरु गठबन्धन गरेर अघि सरेको बताउँदै एमाले हराउने मुख्य योजना बोकेर हिड्नेहरुको विश्वास नगर्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा मेयरका प्रत्यासी पदमपाणी शर्माले फलेवास नगरपालिकालाई पर्यटकीय हिसावले अब्बल सावित गर्न चुनावी अभियान पर्यटकीय स्थलबाट नै शुभारम्भ गरिएको बताउनुभयो । उहाँले यस अघिको कार्यकालमा समेत आफुले पर्यटन, कृषि, पुर्वाधार, स्वास्थ्य, शिक्षा लगायतका सवै क्षेत्रमा धेरै कामहरु गरेको र कतिपय कामहरु अधुरै रहेकाले ती कार्यहरुलाई सम्पन्न गर्नका लागि पुन आफु नगर प्रमुखको प्रत्यासीका रुपमा जनता माझ आएको बताउनुभयो ।
२ हजार २ सय ६६ मिटर उचाईमा रहेको सुलिकोट स्थित सिद्ध बराह मन्दिर १७०२ सालमा बनेको किम्बदन्ती छ । तत् समयमा भुरे टाकुरे राजाहरुले राज्य गरेको र उक्त स्थानमा आश्रयस्थल बनाएर बसेको किम्बदन्ती समेत रही आएको छ । फलेवास नगरपालिकाले पदमपाणी शर्माकै नेतृत्वमा पर्यटन मन्त्रालय गण्डकी प्रदेश समेतको सहयोगमा उक्त स्थानमा मन्दिरको जिणरेद्धार गर्ने र पदमार्ग निर्माण गर्ने कार्य सम्पन्न गरेको छ ।
कार्यक्रममा उप मेयरका प्रत्यासी मञ्जु अधिकारीले विगतका अधुरा कार्यहरुलाई पूणर्ता दिँदै फलेवास नगरपालिकामा समृद्धि भित्राउनका लागि आफु पुन उम्मेदवार बनेको बताउनुभयो ।
कार्यक्रम नगर कमिटी अध्यक्ष देवीप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो । फलेवास नगरपालिकामा एमालेले प्रत्येक मतदातालाई भेटेर अनुरोध गर्ने गरी चुनावी रणनीति अघि सारेको छ ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img