आइतवार, जेष्ठ १५, २०७९
Sunday, May 29, 2022
spot_img

जनताका घरदैलोमा नेकपा एमालेका उम्मेदवार , मतदाता उत्साहित

२१ वैशाख २०७९
स्थानिय निकायको चुनाव नजिकिदै जादा विभिन्न पार्टीका उम्मेदवारहरु घरदैलो भेटघाटमा वेस्त रहेका छन् । विभिन्न पार्टीका नेताहरुले मतदाताहरुलाई आफ्नो कोल्टोमा पार्न विकासका नाराहरु वोकेर हिडिरहेका छन् । नेकपा एमाले फलेवासले भने वितेका पाच वर्षमा गरेका कामहरु, प्राप्त उपलब्धिहरु लिएर वाकी रहेका कामहरु सम्पन्न गर्ने प्रतिवद्धताका साथ पुन निर्वाचनका लागि आफ्ना उम्मेदवारहरु मैदान मा उतारेको छ ।

यति वेला गाउ गाउमा नेकपा एमालेका नेताहरु जनताका थप समस्यहरु वुझ्दै जादा मतदाता उत्साहित भएका छन् । सोमवार फलेवास ८ ठानामौलाका नेपाने ,पोखरा भित्ता ,खाल्टे र अर्चले टोलमा भएका छुट्टा छुट्टै कार्यक्रममा स्थानियहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

भेटघाट कार्यक्रमकै शिलशिलामा ठानामौलामा भएको कोण सभालाई सम्वोधन गर्दै संघिय सांसद पदमगिरीले नेकपा एमालेको सरकारले गाँउ गाँउमा सिंहदरवारको अधिकार पुर्याएको चर्चा गर्दै एमाले सवैको मन मष्तिष्कमा वस्न सफल पार्टी भएको वताउनु भएको छ । उहाले वाकी रहेका कामहरु सम्पन्न गर्न फेरीपनि एमालेलाई जिताउनु पर्ने वताउनु भयो । फलेवासको विकासका लागि खाका कोर्ने कार्य भएको र अव विकासको गतिलिाई अगाडी वढाउन एमाले वाहेक विकल्प नरहेको वताउदै यस पटक पनि एमालेलाई जिताउन गिरीले आग्रह गर्नुभयो ।


घरदैलो कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदका उम्मेदवार पदमपाणी शर्मा, उपप्रमुख पदका उम्मेदवार मञ्जु अधिकारी, वडा अध्यक्षका उम्मेदवार मन वहादुर कुवंर , दलित महिला सदस्य रिता नेपाली , खुल्ला महिला सदस्य डोल कुमारी कुवंर, खुल्ला सदस्य,दर्शनसिङ घले , कुमार विक ले ठानामौलाका सवै टोलका मतदाताहरुलाई भेटघाट गर्देै नेकपा एमालेलाई मतदान गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका प्रमुख पदका उम्मेदवार पदमपाणी शर्माले आफ्नो ५ वर्षे कार्यकालमा फलेवासको विकास जिरो वाटशूरु गरि अहिले उदाहरिणय वनाउन सफल भएको बताउँदै वाकी रहेका अधुरा कामहरुलाई पुरा गर्न यस पटक पुन मतदान गरेर जिताउन अपिल गर्नूभयो । उहाले समृद्ध फलेवासको चाहाना पुरा गर्न एमाले लाईनै जिताउनु पर्नेमा वताउनुभयो । कार्यक्रममा उपमेयरका उम्मेदवार मन्जु अधिकारी, वडा अध्यक्ष मन वहादुर कुवंर लगायतले बोल्नुभएको थियो भने सञ्चालन नगर कमिटी अध्यक्ष देविप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img