बिहिबार, चैत्र ९, २०७९
Thursday, March 23, 2023
spot_img

देशभर ३५३ जना निर्विरोध निर्वाचित एमाले अग्रस्थानमा

स्थानिय निकायको चुनाव आउन करिव १ हप्ता वाकी रहदा चुनाव अघि नै गाँउ पालिका अध्यक्ष लगाएत वडा सदस्य सहित हाल सम्म ३५३ जना निर्विरोध निर्वाचित भै सकेका छन् । जसमा नेकपा एमाले वाट १२३ जना कांग्रेस वाट १०१ जना माओवादी वाट ५४ जना र नेकपा एसवाट ३४ जना निर्विरोध भएका छन् । भने केही स्वतन्त्र उम्मेदवारहरु पनि निर्विरोध निर्वाचित भएको खवर प्राप्त भएको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनूसार डोल्पा जिल्ला वाट गाउपालिका अध्यक्षमा एमाले वाट १ जना र नेकपाएस वाट २ जना निर्विरोध निर्वाचित भएका छन् ।त्यस्तै, उपाध्यक्षमा एमालेबाट दुईजना निर्विरोध निर्वाचित भएका छन् । उनीहरु डोल्पा र मनाङका हुन् । नेपाली कांग्रेसबाट एकजना र नेकपा एसबाट एकजना उपाध्यक्ष निर्विरोध भएका छन् ।
वडाध्यक्षतर्फ एमाले र कांग्रेसका १४(१४ जना उम्मेदवार निर्विरोध हुँदा नेकपा एसका ६ जना र माओवादी केन्द्रका ३ जना उम्मेदवार निर्विरोध भएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार ६ जना निर्विरोध भएका छन् । सदस्यतर्फ एमालेका २६ जना, कांग्रेसका ३१ जना, माओवादीका ५ जना, नेकपा एसका १२ जना र स्वतन्त्र १६ जना निर्वाचित भएका छन् ।
त्यस्तै महिला सदस्यमा एमालेबाट २३ जना, कांग्रेसका १५ जना, माओवादी र नेकपा एसका ७/७ जना निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार ८ जना निर्विरोध भएका छन् । दलित महिला वडा सदस्यमा एमालेका ५७ जना निर्विरोध भएका छन् । कांग्रेसका ४० र माओवादी केन्द्रका ३९ जना निर्विरोध भएका छन् ।
त्यस्तै, नेकपा एसका ६ जना, नेपाल मजदुर किसान पार्टीका २ जना, लोसपा र जसपाका १/१ जना तथा स्वतन्त्र ४ जना निर्विरोध भएका छन् ।

spot_img
spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img