आइतवार, जेष्ठ १५, २०७९
Sunday, May 29, 2022
spot_img

एमाले फलेवासको घरदैलो देविस्थानमा , राहालेवजारमा कोण सभा सम्पन्न

नेकपा एमाले फलेवासलको घरदैलो देविस्थानका विभिन्न ठाँउमा सम्पन्न भएको छ ।टोलटोलमा नेकपा एमालेका नेताहरु जनताका थप समस्यहरु वुझ्दै जादा मतदाताहरु उत्साहित भएका छन् ।फलेवास ६ देविस्थानका विभिन्न टोलमा भएका छुट्टा छुट्टै कार्यक्रममा स्थानियहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

घरदैलो कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदका उम्मेदवार पदमपाणी शर्मा, उपप्रमुख पदका उम्मेदवार मञ्जु अधिकारी, वडा अध्यक्षका उम्मेदवार जगत कुवँर, दलित महिला सदस्य तारा विक , खुल्ला महिला सदस्य उमा देवि पौडेल, , खुल्ला सदस्य,अनुप कुमार श्रेष्ठ , अर्जुन प्रसाद श्रेष्ठले देविस्थानका सवै टोलका मतदाताहरुलाई भेटघाट गर्देै नेकपा एमालेलाई मतदान गर्न अनुरोध गरेका थिए ।

भेटघाट कार्यक्रमकै शिलशिलामा राहालेमा भएको कोणसभालाई सम्वोधन गर्दै फलेवास नगरपालिकाका प्रमुख पदका उम्मेदवार पदमपाणी शर्माले आफ्नो ५ वर्षे कार्यकालमा फलेवासको विकास जिरो वाटशूरु गरि अहिले उदाहरिणय वनाउन सफल भएको बताउँदै वाकी रहेका अधुरा कामहरुलाई पुरा गर्न यस पटक पुन मतदान गरेर जिताउन अपिल गर्नूभयो । उहाले समृद्ध फलेवासको चाहाना पुरा गर्न एमालेलाईनै जिताउनु पर्नेमा जोड दिनुुभयोे । कार्यक्रममा नेकपा एमाले पर्वत जिल्ला इन्र्चाज कल्पना चापागांई, उपमेयरका उम्मेदवार मन्जु अधिकारी, प्रदेश कमिटि सदस्य देवेन्द्र पाण्डे लगायतले बोल्नुभएको थियो । भने कार्यक्रमको सञ्चालन देवि प्रसाद तिमिल्सीनाले गर्नुभएको थियो ।साथै फलेवास ७ लिमिठानाका विभिन्न पार्टि परित्याग गरि कोषाराम सुनार, ओम व विक ,तारापति चपाँई, धर्मदत्त रेग्मी लगायतका नेकपा एमालेमा प्रवेश गरेका थिए ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img