पर्वत
स्थानिय निकायको चुनावको अव केही दिन मात्र वाकी रहदा नेकपा एमाले मोदीले मतदाताहरु संग भेटघाट लाई तिब्र वनाएको छ । गाउमा एमालेका कार्यकर्ता तथा उम्मेदवारहरु जनताका समस्याहरु वुझ्दै जादा मतदाताहरु उत्साहित भएका छन् ।
मंगलवार मोदी ४ मा घरदैलो कार्यक्रममा मोदी गाउपालिकाका अध्यक्ष पदका उम्मेदवार हिरादेवी शर्मा उपाध्यक्ष पदका उम्मेदवार विमल लामिछाने , वडाअध्यक्ष पदका उम्मेवार टिका पून लगाएत सवै उम्मेदवारहरुले वडाका लेसपार , क्याङ , खुईजेरी लगाएतका सवै टोलमा मतदाताहरुलाई भेटघाट गर्दै नेकपा एमालेलाई मतदान गर्न अनुरोध गर्नु भएको थियो ।

मोदीमा ४ मा नेकपा एमालेको तर्फबाट उमेदवार बनेकी लक्ष्मी विक भने निर्विरोध निर्वाचित भएकी छिन् । नेकपाएमाले मोदीले वडा नं. ४ लेपारमा आयोजना गरेको कोण सभालाई सम्वोधन गर्दै गाउपालिका अध्यक्ष पदका उम्मेदवार हिरादेवी शर्माले मोदी गाउपालिको समग्र विकासका लागि नेकपाएमालेलाई पुन जिताउनु पर्ने वताउनु भयो । उहाले मोदी गाउपालिकामा नमुना कामहरु भैरहेको र समृद्ध मोदीका लागि पुन एमालेको आवश्यकता रहेकोमा सवैलाई मतदान गर्न आग्रह गनूभयो । तेसै गरि उपाध्यक्ष पदका उम्मेवार विमल लामिछानेले मोदीमा एमालेको जनलहर आएको वताउदै अवको ५ वर्षमा नुमना मोदी वनाउने समेत वताउनु भयो । मोदी गाउपालिाका अन्तर्गत नेकपा एमाले वाट वडा न १ मा वडा अध्यक्ष पदमा टेकबहादुर गुरुङ, वडा न २ मा बेलबहादुर कार्की वडा न ३ मा देवेन्द्रबहादुर क्षेत्री, वडा न ४ मा टिका पुन, वडा न ५ मा तेजबहादुर क्षेत्री, वडा न ६ मा नन्दलाल सुवेदी, वडा न ७ मा दुर्गा प्रसाद शर्मा गौतम र वडा न ८ मा सुकबहादुर गुरुङ चुनावी मैदानमा रहेका छन् ।