आइतवार, असार १९, २०७९
Sunday, July 3, 2022
spot_img

पर्वतको फलेवासमा गठवन्धनका उम्मेदवार तिवारी र क्षेत्री बिजयी

पर्वत / पर्वतको फलेवास नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा गठवन्धनका उम्मेदवार बिजयी भएका छन्
गठवन्धनवाट नगर प्रमुखको उम्मेदवार बनेका नेपाली काँग्रेसका गंगाधार तिवारी र माओवादी केन्द्रकी शोभा क्षेत्री क्रमशः प्रमुख र उपप्रमुखमा बिजयी हुनुभएको हो । तिवारीले १३सय ६२ मतको अन्तरले एमाले उम्मेदवार पदमपाणी शर्मालाई पराजित गर्नुभएको हो । तिवारीले ७ हजार ७ सय मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धि एमालेका शर्माले ६ हजार ३ सय ३८ मत प्राप्त गनुभएको छ । त्यसैगरी उपप्रमुखमा शोभाकुमारी क्षेत्रीले ६ हजार ३ सय २७ मत प्राप्त गरी बिजयी हुनुभएको छ भने उहाँकी प्रतिस्पर्धि एमालेकी मञ्जु अधिकारीले ६ हजार ५७ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा २ सय ७० मतको अन्तर रहेको छ ।
फलेवासमा पुरानै अनुहार दोहोरीएका हुन् । अहिले पराजित बनेका पदमपाणी शर्मा र मञ्जु अधिकारी निवर्तमान नगर प्रमुख र उपप्रमुख हुनुहुन्छ । २०७४ सालको स्थानीय निर्वाचनमा अहिले बिजयी भएका तिवारी र क्षेत्री झिनो मतले पराजित हुनुभएको थियो । गठवन्धनका कारण अहिले उहाँहरुले जित्नुभएको हो ।
फलेवास नगरपालिकाका ११ वटा वडा मध्ये वडा नं । २, ५, ७,८ र ११ मा एमाले बिजयी भएको छ भने वडा नं । १, ३, ४, ६, ९ र १० मा नेपाली काँग्रेसका उम्मेदवार बिजयी भएका छन्

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img