आइतवार, असार १९, २०७९
Sunday, July 3, 2022
spot_img

पर्वतको मोदीमा गठवन्धनलाई भारी मतले उछिन्दै एमाले बिजयी कुन वडा कसले पायो ?

पर्वत/ पर्वतको मोदीमा नेकपा एमालेका उम्मेदवार हिरादेवी शर्मा र विमल लामिछाने क्रमशः अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
अध्यक्ष शर्माले गठवन्धनका उम्मेवार माओवादी केन्द्रका केन्द्रीय सदस्य गुप्तबहादुर हमाललाई पराजित गर्नुभएको हो भने लामिछानेले काँग्रेसका उम्मेदवार रामबहादुर प्रसाईलाई पराजित गर्दै उपाध्यक्षमा बिजयी हुनुभएको हो ।
अध्यक्षमा निर्वाचित शर्माले ६ हजार १९ मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका उम्मेदवार हमालले ४ हजार ६ सय ८० मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा लामिछानेले ६ हजार ३ सय ३ मत पाउँदा प्रसाईले ४ हजार ६ सय ५४ मत प्राप्त गर्नुभएको छ ।
मोदी गाउँपालिकाका ८ वटा वडा मध्ये पाँच वटामा नेकपा एमाले बिजयी भएको छ भने तीन वटामा नेपाली काँग्रेस बिजयी भएको छ । वडा नं । १, २, ३, ७ र ८ मा एमाले र वडा नं । ४, ५ र ६ मा ओवादी उम्मेदवार बिजयी भएका हुन्

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img