आइतवार, असार १९, २०७९
Sunday, July 3, 2022
spot_img

पोखराबाट जोमसोमको लागी उडेको जहाज सम्पर्क विहिन खोजीकार्य जारी

१५ जेठ । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज सम्पर्कबिहिन भएको छ ।पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार लेते पाससम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको जहाज त्यसपछि जोमसोमको टावरसँग सम्पर्कमा आउनु पर्ने थियो । तर त्यसपछि सम्पर्कमा आएको देखिएन ।उनका अनुसार अहिले जोमसोममा रहेको प्रभु हेलिकोप्टरको जहाज जोखिमा उडेको छ । जहाज़को आवाज़ आएको तर केही छिनमा आवाज़ बंद भएको र , जहाज़ कुन क्षेत्रमा दुर्घटना भयो भन्ने एकिन नभएको जानकारी प्राप्त भएको छ , लेते क्षेत्रमा बाक्लो कुहीरो भएकोले खोजी कार्यमा कठिन भएको छ
अहिले प्रहरी र स्थानीय जम्मा भइ जहाज़को खोजी भै रहेको थासाङ गा पा का उपाध्यक्ष सुमल हिराचनले जानकारी गराउनु भएको छ ,। जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img