आइतवार, असार १९, २०७९
Sunday, July 3, 2022
spot_img

आइतबारको विदा खारेज ,शुक्रबार ३ बजेसम्म सरकारी कार्यालय खुल्ने


काठमाडौँ , गृह मन्त्रालयले आइतबार विदा दिने निर्णय खारेज गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गर्दै जेठ १ गतेदेखि लागू हुनेगरी परीक्षणका रुपमा दिइँदै आएको दुई दिने साप्ताहिक विदा खारेज गर्ने जनाएको हो ।

यसअघि गत जेठ २३ गतेको मन्त्रिपरिषद्को बैठकले आइतबार विदा खारेज गर्ने निर्णय गरेको थियो । सोहीअनुसार असार १ गतेबाट लागू हुने गरी आइतबारको विदा खारेज गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यसअनुसार अब असार १ गतेदेखि कार्त्तिक क १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म सरकारी कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म एवम् कार्त्तिक १६ देखि माघ १५ सम्म कार्यालय समय १० बजेदेखि ४ बजेसम्म कायम गरिएको मन्त्रालयले जानकारी दिएको छ ।शुक्रबार भने कार्यालयहरु बिहानको १० बजेदेखि अपरान्हको ३ बजेसम्म खुला रहनेछन् ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img