शुक्रबार, मंसिर १६, २०७९
Friday, December 2, 2022
spot_img

खोटाङ केन्द्र विन्दु भएर ६ म्याग्निट्युडको भूकम्प गयो

१५ साउन, काठमाडौं । आइतवार विहान खोटाङ केन्द्र विन्दु भएर भूकम्प गएको छ । बिहान ८ ः १३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको साकेला गाउँपालिका लाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो ।

केन्द्रकी प्रमुख मोनिका झाले यो खोटाङको मात्तिम बिर्ता केन्द्रविन्दु भएर ६ म्याग्निट्युडको भूकम्प गएको र क्षतीको विवरण नआइसकेको जानकारी दिनुभयो ।

खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामासम्म भूकम्पको धक्का महसुस भएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङले भने भूकम्पको कडा धक्का महसुस भए पनि क्षतिको विवरण आइनसकेको जनाएको छ ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img