शुक्रबार, मंसिर १६, २०७९
Friday, December 2, 2022
spot_img

नेपाली कथानक चलचित्र ‘झुपडी’को प्रीमियर शो यूकेमा हुने


पोखरा/
सत्य कथामा आधारित नेपाली कथानक चलचित्र झुपडीको प्रीमियर सो यूकेमा हुने भएको छ ।
पर्वतमा छांयाङकन गरिएको चलचित्र झुपडी लामो समयको तयारी पछी प्रदर्शन हुन लागेको हो । चलचित्र यही अगष्ट २१ मा एम्पायर हल अल्डर्शट युकेमा प्रदर्शन गरिने भकारी इभेन्ट्स प्रालिले जनाएको छ ।
युवन गुरुङको कथामा भकारी इभेन्ट्स प्रालिले तयार गरेको चलचित्र झुपडीको लेखन तथा निर्देशन कृष्णकुमार गुरुङले गरेका हुन् ।
चलचित्रमा बिसवात्मा गुरुङ, अनुता गुरुङ, अमृता गुरुङ, डीबि गुरुङ, राजेन्द्र थापा लगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रका निर्माताहरुमा हितकाजी गुरुङ , श्री गुरुङ , युवन गुरुङ , कोमल गुरुङ , पृथ्वी गुरुङ राजकुमार गुरुङ , रहेका छन् । चलचित्रको कार्यकारी निर्माता भने राम बहादुर गुरुङ रहेका छन् ।
चलचित्र झुपडी असोजवाट नेपालका विभिन्न स्थानमा प्रदर्शन गरिने निर्देशक कृष्णकुमार गुरुङले बताए ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img