शुक्रबार, मंसिर १६, २०७९
Friday, December 2, 2022
spot_img

फष्टाउँदै मौरी व्यवसाय , फलेवासमा मह उत्पादन वढ्यो

१९ श्रावण पर्वत ।
डिल व विक /
पर्वतको फलेवासमा मौरीपालन व्यवसाय फष्टाउँदै गएको छ । पछिल्लो चरणमा अरु व्यवसाय भन्दा मोरीपालन व्यवसायमा राम्रो आम्दानी हुन थाले पछी कृषकहरुको मौरीपालन तर्फ आकर्षण वढेको हो ।

फलेवास १० कुर्घाका उमकान्त शर्मा विगत केही वर्ष देखी यही व्यवसाय गर्दै आएका छन् । ७० मौरीघार रहेको उनको घरमा वार्षिक ८०० केजी सम्म मह उत्पादन हुनेगरेको छ । गत वर्ष मह वेचेर करिव ७ लाख आम्दानी गरेको शर्माले वताए ।
‘मौरी पालन व्यवसायले सन्तुष्ट छु’ उनले भने , घरपरिवार सवै यही पेशामा रमाएका छौ । पछिल्लो समय मौरी पालन व्यवसाय फष्टाउदै गएको तर चरण क्षेत्र कम भएकोले वेलैमा सजग हुनुपर्ने उद्यमी शर्माको भनाई रहेको छ । मौरी चरणको लागि चिउरी, कल्की , पंयूका विरुवा हुर्काउदा राम्रो हुने उनले वताए ।


फलेवास ८ का प्रेम वि.क पनि विगत केही वर्ष देखी मौरी पालन व्यवासाय संचालन गर्दै आएका छन् । उनको घरमा अहिले ६० वटा मौरी घार रहेका छन् । मौरीपालन व्यवसायलाई मुख्य व्यवसायको रुपमा संचालालन गर्दै आएका वि.क ले मह विक्री वाट वार्षिक ६ लाख आम्दानी गर्ने गरेको वताए ।

फलेवास नगरपालिका का विभिन्न वडामा गरि वार्षिक १५ टन मह उत्पादन हुने तथ्यांक रहेको छ । नगरपालिका क्षेत्रमा करिव १९०० उन्नत घारमा मह उत्पादन हुने गरेको फलेवास नगरपालिका का कृषी सहायक रोशन वलायरले जानकारी दिनुभयो । विगत २ वर्षदेखी फलृेवास नगरपालिका वाट मौरी पालन व्यवासयमा सहयोग हुदै आएका कारण पनि मौरीपालन व्यवसाय फष्टाउदै गएको उहाको भनाइ रहेको छ । मौरी पालन व्यवसाय प्रवद्र्धनका लागी कृषि ज्ञान केन्द्र पर्वतले पनि सहयोग पुर्यउदै आएको छ ।

फलेवास क्षेत्रमा मौरीपालन व्यवसाय अन्र्तगत श्रोत केन्द्र नहुदा आफुहरुलाई समस्य पर्ने गरेको कृषकहरुले वताएका छन् । श्रोत केन्द्र भएमा मौरीपालनका लागि सवै शिप, ज्ञान र आवश्यक सामाग्रीहरुको व्यवस्थापनमा सहयोग हुनेहुदा मौरीपालन कृषकहरु श्रोत केन्द स्थापना गर्न लाग्नु पर्ने मौरी उद्यमी उमाकान्त शर्माले वताउनु भयो

पछिल्लो समय फलेवास नगपालिकाले भंगरा , ठानामौला र लिमिठाना लाई समेटेर मौरीपालन पकेट क्षेत्रको रुपमा विकास गरेको छ । स्थानिय सिर्जनशिल सहकारी संस्थाको सहकार्यामा सो क्षेत्रका किसानलाई ५० प्रतिशत अनुदानमा मौरी घार तथा तालिम दिए पछि किसानहरु व्यवसायिक रुपमा मौरी पालन गर्न थालेका छन् । पकेट क्षेत्रमा ७०० घारमा मह उत्पादन हुने गरेको छ । फलेवासमा उत्पादन भएको मह स्थानिय वजार , जिल्ला सरमुकाम कुश्मा र पोखरा विक्रीहुने गरेको छ ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img