रामचन्द्र भुसाल ।
२०७९ भाद्र १२/
पर्वतको फलेवास नगरपालिकका वडा नं ५ खनिगाउँमा शनिवारतिज गित प्रतियोगिता सम्पन्न भएको छ । मोति सामुदायिक पुस्तकालय वचत तथा ऋण सहकारी संँस्थालले आयोजना गरेको वडा स्तरीय तिज गित प्रतियोगिता तथा दर खाने कार्यक्रम खानिगाउँ वडा कार्यालय परीसरमा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न वडाबाट सहभागिहरुले भाग लिएका थिए भने जनप्र्रतिनिधि लगायत महिला दिदिबहिनि तथा दर्शकहरुको वाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख गंगाधर तिवारीले नेपाली कला र सँस्कृतिको संरक्षणमा जोड दिने बताउनुभएको छ । हिन्दु नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा खानिगाँउमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली कला र सँंस्कृतिको संरक्षणमा सवै जुट्नुपर्ने बताउनुभएको हो । साथै उहाँले पछिल्लो समय हराउँदै गएको परम्परागत चालचलनलाई जोगाउनको लागि आयोजना गरीने यस्ता कार्यक्रमहरुलाई प्रोत्साहन स्वरुप नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा फलेवास नगरपालिका कि उपप्रमुख शोभा कुमारी क्षेत्री, कार्यपालिका सदस्य नेत्र विश्वकर्मा, वडा नं ३ शंकरपोखरीका वडाध्यक्ष अर्जुन बहादुर के।शि।, वडा नं ५ खानिगाउँका वडाध्यक्ष नारायण प्रसाल लामिछाने, लघुउद्यमी केशा परीयार, ब्रह्माकुमारी ईश्वरीय विद्यालय खानिगाउँकि जानकी दिज्यू, जनप्रिय प्राथमिक विद्यालय झकलककि शिक्षक दुर्गा कुमारी सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुु भएको थियो । कार्यक्रममा शिर्जनशिल आमा समुह खानिगाँउ प्रथम, नवप्रतिभा वचत तथा ऋण शहकारी संस्था देवीस्थान द्धितिय र समिडाँडा आमा समुहले तृतिय स्थान हाँसिल गर्न सफल भएको कार्यक्रम संयोजक शुशिला शर्मा लम्सालले जानकारी दिनुभएको छ । क्रमश प्रथम, द्धितिय र तृतिय हुनेलाई नगद रु १५ हजार, १० हजार र ५ हजार संगै प्रमाण पत्रले पुरस्कृत गरीएको थियो । राष्ट्रिय वाणिज्य वैंक फलेवास शाखाको तर्पाबाट प्रथम पुरस्कार प्रायोजन, भुसाल फर्निचन उद्योग कुश्माको तर्फबाट द्धितिय पुस्कार र मोति साममुदायिक सिकाई केन्द्रको तर्फबाट तृतिय पुरस्कार प्रायोजन भएको बताईएको छ । आयोजक सस्ंथाकि अध्यक्ष लिला कुमारी शर्माको अध्यक्षता, शुशिला लामिछानेको स्वागत मन्तव्य संगै सम्पन्न भएको कार्यक्रमको सञ्चालन ईन्दिरा तिवारीले गर्नुभएको थियो भने स्थानिय कलाकार कृष्ण कँणेलले आफ्नो साँस्कृतिक प्रस्तुति जोड्दैै उपस्थित सम्पुर्णलाई भरपुर मनोरञ्जन प्रदान गर्नुभएको थियो ।