बिहिबार, चैत्र ९, २०७९
Thursday, March 23, 2023
spot_img

पर्वतका राहुल परियारले राखे तेक्वान्दो खेलमा विश्व किर्तिमान

पर्वतको फलेवास नगरपालिका शंकरपोखरीका १७ वर्षिया किशोरले तेक्वान्दो खेलमा विश्व किर्तिमान कायम गरेका छन् । शंकरपोखरी पुर्कोटका राहुल परियारले जापानमा हालै सम्पन्न ओकिनवा कराँते तथा कोवुडो वल्र्ड टुर्नामेण्टमा दोस्रो स्थान हासिँल गरेका हुन् ।

विश्वका विभिन्न देशका २५ जना खेलाडीलाई पछि पार्दै राहुल दोस्रो भएर विश्वमा आफ्नो प्रतिभा देखाएर सफल खेलाडीको रुपमा चिनिएका हुन् । परियारले यसअघि नेपाल र भारतमा हुने प्रतियोगितामा पनि राम्रो प्रतिभा देखाउँदै आएका थिए । जापानमा तेक्वान्दो खेलमा नेपाल बाट सहभागी हुने परियार विरलै खेलाडी हुन् ।

तेक्वान्दोमा सहभागी भएर विजेता बनेका परियारले आफ्नो देशको नाम खेलकै माध्यमबाट विश्वभर चिनाउन चाहेको बताए । उनले जापानमा भएको प्रतियोगितामा दोस्रो स्थान हाँसिल गर्नु आफ्नो लागि गर्वको विषय रहेको बताएका छन् । विश्व किर्तिमान कायम राखेका परियारले सानै उमेर देखि तेक्वान्दोमा रुची रहेको हुनाले आफु सफलता तर्फ उन्मुख भएको जानकारी दिएका छन् ।

spot_img
spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img