बिहिबार, चैत्र ९, २०७९
Thursday, March 23, 2023
spot_img

पर्वतका ८० बर्षिया वृद्धको खेलकुद मोह

दिल वि.क/
भाद्र २० पर्वत /

उमेरले ८० काटेका फलेवास ८ का बल वहादुर कुवंर यतीबेला खेलकुद विकास अभियानमा लागेका छन् । विहान उठेदेखी वेलुका सम्म खेलमैदान कसरी राम्रो वनाउने र खेलकुदको विकास कसरी गर्ने भन्ने कुवंरको चिन्ताको विषय वन्न थालेको छ ।
सानै उमेर देखी खेलकुदमा रुचि राख्ने कुवंर घर नजिकै रहेको पोखरा भित्ताको सानो चौरमा खेल्दै वाल्यकाल विताए, जवानी भैसके पछी उनि भारतिय सेनामा भर्तीभए । २० वर्ष विरानो ठाउमा राइफल संग दिन विताउदा उनको सपना त्यही गाँउको चौरमा नमुना खेलमैदान बनाउने र खेलकुदको बिकास गर्ने रहन्थ्यो ।


भारतिय सेनावाट अवकास लिएपछि उनले गाँउमा नमुना खेलमैदान वनाउने अठोट लिए । २ दशक वाट आफुले योजना लिएर हिड्दा वजेट नपाएपछि खेलमैदान बनाउने सपना अधुरो रहने महुसुस गर्न थाले, उमेर ढल्कदै गएपनि उनको त्यो सपना भने कहिलै ढल्केन बरु अझै जोसका साथ विसाल खेलमैदान वनाउने योजना लिएर हिडे । आफुले लिएको लक्ष्य पुरागर्न गाँउलेहरुले साथ दिने पक्का भए पछि उनले गाँउमा देउसीभैलो कार्यक्रम सञ्चालन गरे केही रकम संकलन भए पछि संकलन भएको पैसाले खेलमैदान वनाउने योजना अघि बढ्यो ।
पहिलो चरणमा देउसीभैलो खेलेर जम्मा भएको रकम ४ लाख ५० हजार वाट खेल मैदान वनाउन सूरु गर्दा आफुलाई सपना साकार भएको बल वहादुर कुवंरले हामीलाई वताउनु भयो । काम थाले पछी पैसा पुगेन पोखरा काठमाडौ सम्म चन्दा माग्न पुगे उनले ति दिन सम्झदै हामीलाई वताए , “निर्माणको काम थाले पछी विस्तारै सहयोग पनि संकलन भयो सवैले हौसाल दिन थाले पछि खेलकुद विकासमा लागेको हु कुवंरले थपे” स्थानिय पुर्वधार विकास कार्यक्रम वाट २ पटक गरि १७ लाख सहयोग उपलब्ध भएपछि पोखराभित्ताको खेलकुद मैदानको मुहार फेरिएको छ । गाउमानै राम्रो खेलमैदान भए पछि यूवाहरु समेत खुसि भएको स्थानिय श्याम व कुवंरले वताए । खेलमैदानमा वास्केट वल , फुटवलको संरचना र दर्शकहरुलाई अवलोक गर्ने ठाउ गराउन बाकी रहेकोले ती वाकी कामका लागि आफु निरन्तर खटेको अभियान्त बल ब.कुवंरले वताउनु भयो ।
खेलकुदको विकासले विषेश गरि यूवा वर्गलाई अनुशासनमा राख्ने र खेल मार्फत आफ्नो गाँउ मात्र होइन सिंगो राष्ट्रलाई चिनाउन सकिनेहुदा यस क्षेत्रलाई राज्यले निरन्तर सहगोग गर्नुपर्ने उहाले वताउनु भयो । फलेवास नगरपालिका ८ मा निर्माणधिन खेल मैदान नगरपालिकाकै गहनाको रुपमा रहेको र आगामी वर्षमा मेयर कप सञ्चालन गर्न पहल गर्ने वडा अध्यक्ष मन वहादुर कुवंरले बताउनु भयो । स्थानिय समाजसेवी बल वहादुर कुवंरले खेल मैदानका लागि देखाउनु भएको सकृयता लागि उँहाले धन्यवाद दिदै यसरी नै वडाको विकासका लागि सवैले चासो राख्नु पर्ने वताउनु भयो ।
करिव १० रोपनी क्षेत्रफलमा निर्माणधिन खेल मैदानमा वास्केट वल,भलिवल फुटवल, लागाएका विभिन्न खेलहरु एकै पटक खेल्न सकिने प्रयाप्त ठाउ रहेको छ । ठानामौला वडा कार्यालय संगै रहेको खेल मैदान वाट वाग्लुङ , पर्वत गुल्मीका केही दृष्य र उत्तरतिर मनमोहक हिमश्रींखला अवलोकन समेत गर्न सकिन्छ ।

spot_img
spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img