पर्वत
। पर्वतमा राती ९ वजे पछी देउसी भैलो खेल्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले सुचना प्रकाशन गरि यस्तो जानकारी दिएको हो । समाजमा हुने असोभनिय कार्य गर्ने परिपाटीलाई नियन्त्रण गर्न तथा खुसीयालीका साथ सवैले चाडपर्व मनाउन सहज होस भनी यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

देउसी भैलो कार्यक्रम संचालन गर्दा कसैलाई पनि असर नपर्ने गरि अनुशासित रुपमा संचालन गर्न प्रशासनले आग्रह गरेको छ ।
। दिपावलीमा पटक झिरझिरे जस्ता विष्पोटक पदार्थको प्रयोग गर्ने तथा विक्री वितरण गर्नेकार्य गैरकानुनी भएकोले तेस्तो कार्य गर्न पूर्ण प्रतिवन्ध लगाईएको छ । चाडपर्वको समयमा मादक पदार्थ सेवन गर्ने तथा मादक पदार्थ सेवन गरि सवारी साधन नचलाउन समेत प्रशासनले आग्रह गरेको छ । प्रशासनको अनुरोध लाइ अवज्ञ गरेमा कानुन वमोजिम कारबाही गर्ने समेत सुचनामा उलेख गरिएको छ ।
