काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको प्रधनमन्त्रीका रुपमा हालै निर्वाचित ऋषि सुनकलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत देउवाले वधाई दिएका हुन् । साथै महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन आफू तत्पर रहेको समेत देउवाले उल्लेख गरेका छन् ।
बेलायतका प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन हुन लागेको हो । सन् १९८० मा साउथह्याम्पटनमा जन्मिनुभएका सुनकका बाबु आमा दुवै भारतीय मूलका हुनुहुन्छ ।