शुक्रबार, मंसिर १६, २०७९
Friday, December 2, 2022
spot_img

पर्वतका कैदीबन्दीले कारागार बाटैै मतदान गर्ने


पर्वत/
मंसिर ४ मा हुन लागेको प्रतिनिधी सभा निर्वाचनमा कैदिबन्दीले पनि मतअधिकार प्रयोग गर्न पाउने भएका छन् । पर्वतमा रहेका कैदीबन्दीहरुले जिल्ला कारागार वाटै मतदान गर्ने भएका छन् । जिल्ला कारागारमा अस्थाई मतदान केन्द्र स्थापना गरि कैदी बन्दीहरुलाई पनि मताधिकारको व्यवस्था गर्न लागिएको जिल्ला निर्वाचान कार्यालय पर्वतले जनाएको छ ।

पर्वत कारागारमा मतदाता नामवलीमा नाम रहेका ३५ जनाले यस पटक मतदान गर्न पाउने भएका हुन् । उनीहरुले समानुपातिक तर्फ मात्र मतदान गर्न पाउने व्यवस्था रहेको छ । मतदाता नामवलीमा भएको नाम र जिल्ला कारगारमा भएको कागजातका आधारमा कैदीवन्दीले मतधिकार प्रयोग गर्ने व्यवस्था रहेको निर्वाचन कार्यालयका प्रमुख लक्षु शर्माले जानकारी दिनु भयो ।

तेसै गरि पर्वत जिल्लामा रहेका निजामती तथा अन्य कर्मचारीहरुले पनि कुश्मामा रहेको अस्थाई मतदान केन्द्र वाट मतदान गर्न पाउने व्यवस्था रहेको छ । पर्वतमा कुल १६७० अस्थाइ मतदाता रहेका छन् ।
आइतवार पर्वत कुश्मामा भएको निर्वाचनमा संचारकर्मीहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले निर्वाचन भयरहित र शान्तीपुर्ण वनाउन पत्रकार लगाएत सवैले भुमिका अपरिहार्य रहेकोले सवैले सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा वौल्दै मुख्य निर्वाचन अधिकृत आनन्द प्रसाद श्रेष्ठले निर्वाचनका लागि आवश्यक तयारी पुरा भैसकेको जानकारी दिदै निर्वाचन शान्तीपुर्ण बनाउन सवै क्षेत्रको सहयोग रहने र सवैले आचारसंहिता पालन गर्न जोड दिनु भयो ।

कार्यक्रममा जिल्ला निवार्चन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माले निर्वाचन सम्बन्धि जानकारी दिदै उम्मेदवार तथा संचार माध्यमले पालन गर्नुपर्ने व्यवस्थाको वारेमा जानकारी गराउनु भएको थियो । तेसै गरि पत्रकार महासंघ पर्वतका अध्यक्ष शन्तोष थापाले निर्वाचनमा पत्रकारको भुमिकाको वारेमा जानकारी गराउनु भएको थियो ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img