शुक्रबार, मंसिर १६, २०७९
Friday, December 2, 2022
spot_img

पर्वतमा एमालेका प्रदेश सभाका उमेदवार भक्त कुँवरले प्रयोग गरेको जीपमा आगजनीको प्रयास

२४ कार्तिक, पर्वत । नेकपा एमालेका प्रदेश सभा १ का उमेदवार भक्त कुँवरले प्रयोग गर्ने गरेको ग १ ज ७६९९ सवारी साधनमा गत राती आगजनीको प्रयास भएको छ । चुनावी अभियान सकेर बेलुका बास बसेको घरमा ढुँंगामुडा सहित आगजनीको प्रयास भएको उमेदवार कुँवरले जानकारी दिए । जिल्लाको जलजला गाउँपालिका वडा न १ बाँसखर्कमा राती २ बजेको समयमा आगजनीको प्रयास भएको हो । जनताको घरमा नै बास बसिरहेको बेलामा केहि युवाहरुले ज्यान लिने नियतका साथ सवारी साधनमा आगजनी गर्ने र आफूहरु माथि सांगातिक आक्रमणको प्रयास गरेको कुँवरले बताए ।

उमेदवारसंगै रहेका सहयोगीहरु र स्थानीयबासीका कारण थप कुनै ठूलो क्षति नभएको कुँवरको भनाई छ । उमेदवार माथि आक्रमणको प्रयास भएपछि पर्वत जिल्लाको सुरक्षा प्रशासनमा चुनौति थपिएको छ ।

उमेदवारले प्रयोग गर्ने गाडीमा डिजेल छर्केर आगो लगाउने प्रयास भएको थियो । डिजेल जल्न समय लागेका कारण ठूलो क्षति नभएका पनि गाडीका विभिन्न भागमा आगोका कारण क्षति भएको छ । टायर, लाइट र ढोकाहरुमा आगोले क्षति पुराएको छ । गाडीको टायरमा आगो लाग्दै गर्दा आगोलाई नियन्त्रणमा लिएका कारण थप क्षति नभएको कुँवरले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनमा स्वतन्त्रको तर्फबाट वडाअध्यक्षका उमेदवार बनेका युवाहरुको नेतृत्वमा घटना घटेको एमालेको भनाई छ । कुँवरले आफ्नो जीत सुनिश्चित देखेपछि विरोधीहरु आत्तरिएर आफूहरु माथि सांगातिक आक्रमणमा उत्रिएको बताएका छन् ।

आपराधिक शैलीमा ज्यान लिने उद्देश्यका साथ भएको उक्त घटनाका दोषीहरुलाई कडा कारबाही गर्न एमाले पर्वत जिल्ला अध्यक्ष राजु पौडेलले माग गरेका छन् । एमालेको जनलहर बढेका कारण विरोधीहरुले आपराधिक शैलीमा उमेदवार माथि आक्रमणको प्रयास गर्नुलाई पाटीले गम्भिरतापूर्वक लिएको पौडेलले बताए उनले आरोपीतहरुलाई पक्राउ गरी तत्काल कानून बमोजीम कारबाही गर्न मागे गरेका छन् ।

प्रहरीले राती नै नरबहादुर रोकाया नाम गरेका युवालाई घटनास्थलबाट स्थानीय युवाहरु ले पक्राउ गरी प्रहरीलाई बुझाएका छन । थप युवाहरुको खोजी भईरहेको प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img