बिहिबार, चैत्र ९, २०७९
Thursday, March 23, 2023
spot_img

पर्वतमा दिउँसो १ बजेबाट मतगणना शुरु हुने

मंसिर ५ पर्वत
पर्वत जिल्लामा प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना दिउँसो १ बजेबाट ह्ुने भएको छ । विहान वसेको सर्वपक्षीय बैठकले दिउँसो १ बजेबाट मतगणना शुरु गर्ने निर्णय गरेको हो । ४ गते बेलुका १२ बजेसम्म मतपेटिका संकलन भएको र रातीवाटै मतगणना गर्ने योजना भए पनि सर्वपक्षय छलफल गरि मतगणना गर्ने सहमती भए अनुसार विहान सर्वपक्षीय बैठक वसी १ वजे वाट मतगणना गर्ने सहमती भएको छ ।
४ गते राती देखि नै मतगणना कार्य शुरु गर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले समय तथा कर्मचारी व्यवस्थापन गरेपनि मतपेटिका आउन ढिला भएका कारण आज गणना गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका प्रबक्ता राजु ढुंगानाले जानकारी दिनुभयो ।
यस पटक पर्वतमा ५५ प्रतिशत मत खसेको छ । पर्वतको कुल मतदाता संख्या १ लाख २२ हजार ६ सय ४९ मध्ये ६६ हजार २ सय ७३ जनाले मतदान गरेका छन् । पर्वतमा एक प्रतिनिधीसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । यहाँ सत्ता गठबन्धन र नेकपा एमालेका बिचमा मुख्य प्रतिस्पर्धा हुने चर्चा छ ।

spot_img
spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img