बिहिबार, चैत्र ९, २०७९
Thursday, March 23, 2023
spot_img

एसोसियसन अफ कनेक्टिकटको साधारण सभा सम्पन्न, अध्यक्षको जिम्मेवारी लम्साललाई

अमेरीकाको कनेक्टिकटमा वसोवास गर्दै आएका नेपालीहरुको साझा संस्था Nepales Assoction of Conneticut को साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाले अगामी दुई वर्षको लागि नयाँ कार्यकारी समिति चयन गरेको छ। साधारण सभा Hardfort को Community Hall सम्पन्न भएको छ । साधारण सभाले सन्तोष लम्सालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा गोपाल अधिकारी र सचिबमा सुबाश बुढाथोकी र सह९सचिब ईश्वर भण्डारी, कोषाध्यक्षमा श्रुति मल्लिक, सह९कोषाध्यक्षमा राजन गुरुङ, महिला संयोजक चॅादनी केसी,यूवा संयोजक सुरज केसी,भाषाशिक्षा संयोजक हिमाल ज्ञवाली तथा सदस्यहरुमा गणेश अर्याल र ज्योती परियार छन ।

नवनिर्वाचित कार्यकारी समितिको कार्य 2023/2024 का लागि हुनेछ। सस्थाले विदशेमा वसोवास गर्ने नेपालीहरुमा नेपाली कला संस्कृती भेषभुषा र नेपाली भाषको संरक्षणका लागि विभिन्न अभियान गर्दै आएको छ ।

विषेश गरि नेपाली चाड पर्व दशै तिहार लागएतका चाडहरु सामुहिक रुपमा मनाउने गरिएको र वालवालिकाहरुलाई नेपाली भाषाको कक्षाहरु पनि संचालन गर्ने गरिएको संस्थाका कोषध्यक्ष राजन गूरुङले सुनौलो खवरलाई जानकारी दिनुभएको छ ।

spot_img
spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img