बिहिबार, चैत्र ९, २०७९
Thursday, March 23, 2023
spot_img

टेलिमेडिसिन सेवालाई प्रभावकारी गराउन नगर साथमा छ , नगर प्रमुख तिवारी


माघ १८ पर्वत / पर्वत चारभञ्ज्याङ सेवा केन्द्रको आयोजनामा पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संस्थाले संञ्चालन गरेका कार्यक्रमको समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सोमवार पोखरामा सम्पन्न भएको हो ।
कार्यक्रममा वौल्दै प्रमुख अतिथी फलेवास नगरपालिका प्रमुख गंगाधर तिवारीले संस्थाले संञ्चालन गरेका सामाजिक अभियानमा नगरपालिका वाट सहकार्य रहने वताउनु भएको छ । संस्थाले सञ्चालन गरेको टेलिमेडिसिनले ग्रामिण भेगका जनताको स्वास्थ्य पहुचमा सहता भएको वताउनु वताउदै टेलिमेसिन सेवा प्रभावकारी गराउन फलेवास नगरपालिका साथमै रहेको उहाले वताउनुभयो । तिवारीले प्रवासमा रहेर पनि आफ्नो गाँउमा स्वास्थ्य सेवा संचालनका लागि सहयोग गर्ने चार भञ्ज्याङ तमु समाज यूके लगाएत सवैलाई धन्यावाद व्यक्त गर्नुभयो ।


उहाले आफ्नो कार्याकाल पाँच वर्षसम्म काजमै भए पनि एक जना स्वास्थ्यकर्मी उपलब्ध गराउने, शौचालय निर्माण गर्ने र आवाश्यक औषधि नगरपालिका वाट नियमित पठाउने बताउनुभयो। कार्यक्रममा उपमेयर शोभा क्षेत्री, स्वास्थ्य प्रमुख, शोभाकुमारी क्षेत्री फलेवास नपा ८ का वडाध्यक्ष मन वहादुर कुवंर चारभञ्ज्याङ तमुसमाज यूकेका अध्यक्ष वेन कुमार गुरुङ प्रथम महिला तारा गूरुङ , तमुधी नेपालका अध्यक्ष होम गूरुङ नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष शन्तोष थापा लगाएत चारभञ्ज्याङका अग्रजहरु र पत्रकारहरु उपस्थिती रहेको थियो।

कार्यक्रमका सहभागीहरुले राज्यले दिनुपर्ने सेवा टेलिमेडिसिनले दिइरहेकाले नगरपालिकाले सक्दो सहयोग गर्नुपर्ने भनाई राखेका थिए।
अन्तरक्रिया कार्यक्रममा वोल्दै चारभन्ज्याङ तमु समाज अन्राष्ट्रिय समन्वय समितिका अध्यक्ष टेलिमेडिसिनका योजनाकार ले. चन्द्र व गुरुङले चारभन्ज्याङ गाउ खाल्टेमा स्थापना भएको टेलिमेडिसिनले आर्थिक अवस्था कमजोर भएर उपचार पाउन वाट वन्चित भएका तथा उपचारको अभावमा ज्यनै गुमाउनु पर्ने वाध्यताको अन्त्य भएको वताउदै । आफु सानो छदा गाउमा सुत्केरीहुन नसकेर कैयो आमाहरुले ज्यान गुमाउनु परेको स्मरण गर्दै अव त्यस्तो अवस्था हुन नदिन आफु र आफ्नो संस्थाले सहयोग गर्ने वताउनु भयो ।

कार्यक्रममा तमूधी नेपालका अध्यक्ष होम गूरुङले यस वर्ष टेलिमेडिसिनमा आवश्यकता पर्ने औषधी व्यवस्थापनमा सहयोग गर्ने जानकारी दिनु भयो । कार्यक्रमममा यूके नेपाल कोअर्डीनेटर क्या देउ वहादुर गूरुङ तमूधी नेपालका अध्यक्ष होम गूरुङ, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष शन्तोष थापा टेलिमेडिसिनका स्वास्थ्य इन्चार्ज प्राथाना पून लगाएतले मन्तव्य राख्नु भएको थियो ।

संस्थाले पर्वतका साविक गाविस कुर्घाको लामे, फलामखानीको दाद्रा ,भंगरा र ठानामौला गाँउ र मूलावारी खेवाङ गाउलाई चारभन्ज्याङ गाँउ नामकरण गरि विभिन्न समाजिक विकासका कार्यक्रमहरु संचालन गर्दै आएको र मुख्यगरि स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग पुर्याएको चार भन्ज्याङ समाज यूकेनेपाल कोअर्डिनेटर क्या देउ वहादुर गूरुङले वताउनु भयो ।
संस्थाले चारभन्ज्याङ गाँउ ठानामौलामा दश वर्ष अगाडी वाट संचालन गरेको टेलिमेडिसिनसेवा जिल्लाकै एक मात्र स्वास्थ्य क्षेत्रमा प्रविधिको प्रयोग गर्दै वेलायतमा रहेको स्विन्फिन च्यारिटियवल ट्रष्ट संग समन्वयगरि स्वास्थ्य सेवा संचालन गरिरएको छ ।

टेलिमेडिसियनमा हालसम्म १७४ विरामीले विदेशी डक्टरहरुबाट परामर्शसेवा पाएका छन् भने २६ हजार विरामी ले हालसम्म स्वास्थ्य सेवा लिएको संस्थाले जनाएको छ ।
पर्वत चारभन्ज्याङ सेवा केन्द्रका अध्यक्ष डम्मर व गूरुङको अध्यक्षतामा संचालन भएको कार्यक्रमको संचालन सेवा केन्द्रका गर्नुभएको थियो भने स्वागत मन्तव्य पर्वत चार भन्ज्याङ सेवा केन्द्रका सचिव डिल व विकले राख्नु भएको थियो ।

spot_img
spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img