पर्वत । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा फरक क्षमता भएका विद्यार्थीको स्वास्थ्य परिक्षण तथा फलफुल वितरण गरिएको छ । फरक क्षमता भएका विद्यार्थीको स्वास्थ्य स्थिति थाह पाउँन स्वास्थ्य परिक्षण गरिएको हो ।आइतवार जिल्ला अस्पताल पर्वतको समन्वयमा शिवालय माध्यमिक विद्यालय कुश्माका १२ जना विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको छ । विद्यार्थीको स्वास्थ्य सामान्य रहेको तर चिसो मौसमका कारण केही विद्यार्थीमा चिसोको एलर्जी देखिएको डा:रोशन आचार्यले बताउँनुभयो ।
स्वास्थ्य परिक्षण शिविरको शुभारम्भ गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवम पर्वत इन्चार्ज कल्पना चापागाईले प्रेस चौतारी नेपाल पर्वत शाखाले फरक क्षमता भएका विद्यार्थीहरुको स्वास्थ्यमा चासो देखाएकोमा पर्वत शाखालाई धन्यवाद दिनुभयो । उहाँले पत्रकारले गरेका क्रियाकलापहरु आम जनताले चासोका रुपमा हेर्ने भएकाले यस कार्यले समाजमा राम्रो सन्देश प्रवाह भएको बताउँनुभयो । चापागाईले पत्रकारले पत्रकारितासंगै बेलाबखत समाजिक काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले फरक क्षमता भएका विद्यार्थीले सम्मानपुर्वक शिक्षा,स्वास्थ्य र व्यक्तित्व विकासमा सहज अवसर पाउँनुपर्ने बताउँनुभयो ।
कार्यक्रममा नेपाल उत्पिडित जाजिय मुक्ति समाजका केन्द्रय अध्यक्ष मनोहर वि पौडेल, नेकपा एमाले गण्डकी प्रदश सचिवालय सदस्य मेघनाथ सुवेदी, नेकपा एमाले पर्वतका अध्यक्ष राजुप्रसाद पौडेल, उपाध्यक्ष पदमपाणी शर्मा, सचिव गोविन्द पहाडी,उपसचिव शिव प्रसाद शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, प्रेस चौतारी नेपाल पर्वतका पुर्व अध्यक्ष एवम नेकपा एमाले पर्वतका जिल्ला सदस्य गणेश पौडेल, अस्पताल पर्वतका अध्यक्ष शंकर गिरी, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गणेश पौडेल,लगायतको उपस्थिति रहेको थियो । पर्वत अस्पतालका मेडिकल अधिकृत रोशन आचार्य र हेल्थ असिस्टेन्ट सुशिल शर्मा रेग्मीले विद्यार्थीको स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।
प्रेस चौतारी नेपाल पर्वत शाखाका अध्यक्ष कृष्ण अखेलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव दिपेश वि पोखरेलले गर्नुभएको थियो ।