बिहिबार, चैत्र ९, २०७९
Thursday, March 23, 2023
spot_img

पर्वतको फलेवासमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ हजार ७ सय विरामिहरुको स्वस्थ्य परीक्षण

। राचन्द्र भुसाल, फलेवास ।

पर्वतको फलेवास नगरापालिका वडा नं ५ खानिगाउँमा रहेको धुलिखेल अस्पताल फलेवास हेल्थ सेन्टरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार र आइृतवार भएको शिविरमा विभिन्न प्रकारका तिन हजार सात सय तिरहत्तर जना विरामिहरुको स्वास्थ्य परीक्षण गरीएको शिविर संयोजक कृष्ण प्रसाद शापकोटाले जानकारी दिनुभयो ।

लायन्स क्लव अफ काठमाण्डौ देउराली दियोको आयोजनामा शिविर सञ्चालन भएको थियो । शिविरमा विशेषज्ञ डाक्टरहरुद्धारा पेट, छाति, मुटु, मधुमेह, हाडजोर्नी, दन्त परीक्षण, आँखाको चेकजाँच संगै महिलाहरुको लागि पनि निशुल्क स्त्री रोग विशेषज्ञहरुद्धारा स्वास्थ्य परीक्षण गरीएको थियो ।

शिविरमा विरामिहरुको लागि निशुल्क औषधि प्रदान, निशुल्क चस्मा वितरण गरीनुका साथै अप्रेसन तथा थप उपाचारको लागि काठमाडौ पोखरा लगेर उपचार गराउने व्यवस्था रहेको थियो ।

शिविरको पहिलो दिन १,२५० जना विरामिहरुले स्वस्थ्य परीक्षण गराएका थिए भने दोस्रो दिन २,५२३ जानको स्वास्थ्य परीक्षण गरीएको अस्पताल स्रोतले जनाएको छ । आफ्नै गाउँठाउँमा विशेषज्ञ सेवासहितको शिविर सञ्चालन भएकोमा विरामिहरुले खुसि व्यक्त गरेका थिए । शिविरबाट उपलब्ध सम्पुर्ण सेवासुविधाहरु निशुल्क रहेको उल्लेख गरीएको छ ।

spot_img
spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img