बिहिबार, चैत्र ९, २०७९
Thursday, March 23, 2023
spot_img

टेलिमेडिसिन सञ्चालन गर्न चार भञ्ज्याङ तमु समाजको वार्षिक च्यारिटी सम्पन्न


लन्डन। पर्वतको चारभन्ज्याङ क्षेत्र फलेवास ८ ठानामौलामा विगत १० वर्ष देखी संचालन भैरहेको टेलिमिडिसिन लाइ आर्थिक संकलन गर्ने अभियान अन्र्तगत चार भञ्ज्याङ तमु समाज युके को १३ औ वार्षिक च्यारिटी डिनर सम्पन्न भएको छ ।
च्यारिटी कार्यक्रम बेलायतका लागि नेपाली राजदुत महामहिम ज्ञान चन्द्र आचार्य तथा श्रीमती सुनिता ज्यु को प्रमुख अतिथ्यमा सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख अतिथि राजदूत ज्ञानचन्द्र आचार्य एवम चार भञ्ज्याङ तमु समाजका अध्यक्ष बेन कुमार गुरुङले पानसमा बत्ति बालेर उदघाटन गर्नुभएको थियो ।


ग्रामिण भेगमा स्थापना गरिएको टेलिमेडिसिनले गरिव तथा विपन्न समुदायलाई प्रतक्ष फाइदा पुगेको महसुस गर्दै चारभन्ज्याङ तमु समाज यूकेले आर्थिक संकलन अभियान अन्तर्गत वार्षिक च्यारिटी डिनर कार्यक्रम सम्पन्न गरेकोसमाजका अध्यक्ष बेन कुमार गुरुङले जानकारी दिनुभयो ।
फेब्रुवरि २५ गते सम्पन्न वार्षिक च्यारिटी डिनर कार्यक्रममा ९ हजार पाउन्ड संकलन भएको तमु समाजले जानकारी दिएको छ ।


कार्यक्रममा लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल,एनआरएनए आइसीसी उपमहासचिव रामशरण शिंखडा, तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ,तमु समाज यूकेका अध्यक्ष शिवकुमार गुरुङ,काउन्सिलरहरु बिष्णु गुरुङ , जित रानाभाट ,धर्म गुरु खेम्पो सन्तोष गुरूङको उपस्थिति रहेको थियो।


तेस्तै कार्यक्रममा चारभञ्ज्याङ तमु समाज यूकेका ट्रष्टीहरू,स्विन्फेन च्यारिटी ट्रष्टका मेजर ह्युज बार्डेल, तमु प्येल्हु संघ यूकेका पूर्व अध्यक्ष सोम तोर्जे गुरुङ, सहारा यूकेका अध्यक्ष रि ले। कुसाङ कुमार गुरुङ, बुद्धिष्ट कम्युनिटी सेन्टर यूके अध्यक्ष हर्कबहादुर गुरुङ, अन्तरराष्ट्रिय नेपाली समाज यूके अध्यक्ष सुमित्रा राई,उपाध्यक्ष कृष्ण गैरे र महासचिव सुरोज मास्के लगायत विभिन्न संघ संस्थाहरुका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो।

च्यारीटी कार्यक्रमको उद्धेश्य र महत्वबारे चार भन्ज्याङ वृत्तचित्र प्रदर्शन गरिएको थियो । कार्यक्रम समाजका महासचिव अमर गुरूङले कार्यक्रम संचालन गर्नुभएको थियो भने संयोजन उपाध्यक्ष दुर्गा गुरुङले गर्नु भयको थियो

पर्वतको ग्रामिण क्षेत्र फलेवास ८ ठानामौलामा संचालित चारभन्ज्याङ स्वस्थ्य केन्द्र वाट क्लिनिक बाट २६ ह्जार बिमारिले निशुल्क स्वस्थ सेवा सुबिधा पाएका छन् । भने १७४ भन्दा बढीले अन्लाईन मार्फत रोग पत्त लगाइ स्वास्थ्य सेवा लिएका छन् ।
चार भञ्ज्याङ्ग स्वास्थ्य केन्द्र टेलिमेडिसिनले वेलायतमा रहेको स्वीन्फन च्यारिटियवल ट्रष्ट संस्था संग सम्पर्क समन्वय गरि विशेषज्ञ डाक्टरहरु द्धारा अनलाईन मार्फत प्रत्यक्ष उपचार प्रदान गर्दै आएको छ ।

spot_img
spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img