पर्वत, फलेवास ।
नेकपा एमालेको मिसन ग्रासरुट अभियान संगठन सुदृढिकरण तथा विस्तार अभियान सफल पार्न फलेवासमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवं फलेवासका लागि केन्द्रिय प्रतिनिधि सावित्रा रानाले पार्टीको टोल, वडा तथा जनवर्गिय संगठनको गठन, पुनरगठन, वैठक, सामाजिक अभियान, सदस्यता नविकरण तथा विस्तार, जनजिविकाका मुद्धाहरु उठान गर्दै मिसन ग्रासरुट अभियान आगामी वैसाख ५ गते सम्म सञ्चालन वताउनु भयो । रानाले पार्टीका सवै तहका नेता तथा कार्यकर्ता यस अभियानमा परिचालित हुने वताउनु भयो ।
केन्द्रिय सल्लाहकार परिषदका सदस्य, गणेश शर्मा पौडेलले व्यक्तिवादी प्रवृतीलाई निर्मुलपार्दै विधि र नियमसंगत पार्टी सञ्चालन गरी व्यवस्थित वनाउन र पार्टीका अग्रज कमरेडहरुको योगदानलाई कदर गर्दै उनिहरुको अनुभव आदान प्रदान गर्दै व्यवस्थित संगठन निर्माण गर्न यो अभियान सार्थक हुने वताउनु भयो ।

कार्यक्रममा प्रदेश सचिवालय सदस्य मेघनाथ सुवेदी, प्रेम कुमार लामिछाने, प्रेम पौडेल, जिल्ला कमिटी सचिव गोविन्द पहाडी, सचिवालय सदस्य इश्वरी भुसाल लगायतले अभिमुखिकरण कार्यक्रममा सहजीकरण गर्नु भएको थियो ।
नगर कमिटीको दशौं वैठकले आगामी वैसाख ५ गते सम्मको नगर स्तरीय वैठक, भेला, प्रशिक्षण, वडा तथा टोल स्तरीय वैठक, प्रशिक्षण, सदस्यता नविकरण, जनसंगठनका भेला, प्रशिक्षण, र अन्य रचनात्मक कार्यक्रमको कार्ययोजना समेत तयार गरेको नगर कमिटीका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले वताउनु भयो।
नगर कमिटी अध्यक्ष देवीप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष नेत्र विक र सञ्चालन सचिव गोविन्द भुषालले गर्नु भएको थियो ।
