बिहिबार, चैत्र ९, २०७९
Thursday, March 23, 2023
spot_img

अपहरण कसुरमा ३ वर्ष ९ महिना कैद सजायको फैसला

पर्वत, १ चैत

५ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा मोदी गाउँपालिका– ६ तिलाहार का ३४ वर्षिय होमबहादुर बस्नेतलाई पर्वत जिल्ला अदालतले  तीन वर्ष  नौ महिना कैद सजायको फैसला गरेको छ ।

०७९ जेठ ३१ गते बालिकालाई अपहरण गरेको आरोपमा मुद्दा सुनुवाई सँगै पर्वत जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेका बस्नेतलाई पर्वत जिल्ला अदालतको फागुन ३० गतेको फैसलाले तीन वर्ष नौ महिना कैद सजाय र ६० हजार जरिवाना सहित २ हजार ४ सय पीडित राहतकोषमा रहने गरी फैसला गरेको हो ।

बालिका अपहरण गरेको भन्दै पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पर्वतमा जेठ ३१ गते उजुरी दिनुभएको थियो । उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतले अपहरण वा शरिर बन्धक सम्बन्धी कसुरमा ०७९ असार १ गते मुद्दा दर्ता गरि कारवाही प्रक्रिया अघि बढाएको थियो ।

अदालतको फागुन ३० गतेको फैसला अनुसार अपहरणको अभियोगमा आरोपितलाई तीन वर्ष कैद सजाय सँगै बालबालिका विरूद्धको कसुर अन्तर्गत ६ महिना र एकिकृत कसुर अन्तर्गत तीन महिना गरी तीन वर्ष नौ महिना कैद सजायको फैसला सुनाएको हो भने अपहरण सम्बन्धी कुसर अन्तर्गत ३० हजार र बालबालिका कसुर अन्तर्गत ३० हजार गरी ६० हजारको जरिवाना हुन गरी फैसला सुनाएको पर्वत जिल्ला अदालतका सुचना अधिकारी एवं श्रेष्तेदार राजु ढुंगानाले जानकारी दिनुभयो ।

इन्सेक अनलाइनबाट

spot_img
spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img