पर्वत । गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वतमा स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा नेपाल विद्यार्थी सङ्घका सतिस रेग्मी विजय भएका छन् । आइतवार भएको निर्वाचनमा सभापती सहित स्वतन्त्र विद्यार्थी युनियनको प्यानल विजयी भएको छ ।
नेपाल विद्यार्थी सङ्घका सतिस रेग्मीले १ सय ३१ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी जोस्ना कुँवर ३ मत ल्याएकी छन् ।
गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वत कुश्ममा २ सय १० विद्यार्थी मतदाता रहेकोमा जम्मा १ सय ८५ जनाले मतदान गरेका छन् भने १ जनाले खाली मतपत्र राखेको भेटिएको छ ।
नेपाल विद्यार्थी सङ्घ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले गठबन्धन गरेर चुनावमा सहभागी भएका हुन् । विजयी स्वतन्त्र विद्यार्थी युनियनको सचिवमा लक्ष्मण रेग्मी, र कोषाध्यक्षमा पवित्रा नेपाली विजयी भएका छन् ।
स्ववियु सदस्यहरूमा पूजा कुमारी पोखरेल, मनीषा परियार र सबिना क्षेत्री विजयी भएका छन् । यी मध्ये कोषाध्यक्ष नेपाली र सदस्यद्धय परियार र क्षेत्री अनेरास्ववियु क्रान्तिकारी र बाँकी सबै नेविसंघमा आबद्ध विद्यार्थी हुन् ।