शनिबार, मंसिर १६, २०८०
Saturday, December 2, 2023
spot_img

विश्व स्वास्थ्य दिवसको अवसरमा अन्तरक्रिया , निशूल्क स्वास्थ्य सेवा लक्षितवर्ग मुखी वनाउन जोड

२४ चैत्र २०७९
विश्व स्वास्थ्य दिवसको अवसरमा पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पर्वतले दिवसको अवसरमा स्वास्थ्यकर्मीहरु विच अन्तरक्रिया कार्यक्रम गरि सम्पन गरेको हो ।

स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा सम्पन्न कार्यक्रममा कार्यालयका नि प्रमुख शन्तोष पौडेलले पछिल्लो समयमा आम नागरिकहरुले पाइरेहेको स्वास्थ्य सेवाको पहुचको अवस्थाको वारेमा जानकारी गराउदै निशूल्क स्वास्थ्य सेवामा विपन्न नागरिकहरुको पहुचमा कमी रहेको वताउदै लक्षीत वर्गमुखी वनाउन सवैले आ आफ्नो क्षेत्र वाट सहयोग गर्नुपर्ने जानकारी गराउनु भयो ।

कार्यालयमा सेवा लिन आउने हरेक नागरिकको अधिकार वरावर भएकोले सेवा प्रभाहमा सवैलाई समान व्यवहार गर्नुपर्ने वताउदै नेपाल सरकारवाट प्रदान गरिने लक्षित वर्गमुखी स्वास्थ्य सेवा प्रभावकारी गराउन सुचना संचामार्फत सवैलाई जानाकार गराउनु पर्ने वताउनुभयो ।

कार्यक्रममा जिल्ला अस्पतालका प्रमुख डा रुक्मिना अधिकारीले पर्वत अस्पतालमा अतिविपन्न, अपाङ, जेष्ठ नागरिक असायहरुका लागि सेवा प्रभाह गर्न सामाजिक सेवा इकाई स्थापना गरि निशूल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको जानकारी गराउनु भयो । निशूल्क स्वास्थ्य सेवा लक्षीतवर्ग सम्म पुर्याउने पर्वत अस्पतालको मुख्य लक्ष्य रहेकोले सुचना संचारको माध्यम वाट सवैले सहयोग गर्न समेत अनुरोध गर्नूभयो ।

उहाले पर्वत अस्पतालले विगत वर्षदेखी वालवालिकाहरुका लागि निशुल्क पोषण कार्यक्रम तथा हिंसापिडितहरुकालागि ocmc कार्यक्रम संचालन गरि समस्यमा पारेकाहरु लाइ स्वास्थ्य सेवा तथा अन्य परामर्श सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागीहरुले विभिन्न स्वास्थ्य संस्थाहरुवाट प्रदान गरिदै आएको स्वास्थ्य सेवाको वारेमा जानकारी गराउदै नेपाल सरकारवाट प्रदानगरिने निशूल्क स्वास्थ्य सेवा लक्षित वर्गको पहुच सम्म पुर्याउन सवैले भुमिका खेल्नु पर्ने वताए ।

स्वास्थ्य कार्यालय पर्वतको आयोजना सम्पन्न अन्तरक्रिया कार्यक्रममा पर्वत अस्पतालका स्वास्थ्यकर्मीहरु, विभिन्न पालिकामा रेहका स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधीहरु औषधी व्यवसायी तथा स्वास्थ्य कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो । कार्याक्रमको संचालन स्वास्थ्य कार्यालयका फोकल पर्सन तेज प्रसाद सुवेदीले गर्नुभएको थियो ।
२०२३ मा विश्व स्वास्थ्य सङ्गठनले स्थापना दिवस मनाउँदै स्वास्थ्यका समग्र पाटाहरूमा जनचेतना फैलाउन Helth For All भन्ने नारालाई आत्मसाथ गरेको छ ।

spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img